बीरगंज ९ आषाढ- विगतको वर्ष देखि पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिका वडा -४को खेस्राहा गाउँको मुसहर बालबालिका विद्यालय जान बाट बन्चित भएका थिए । विद्यालय नजिक भए पनि दलित मुसहर बालबालिकाको अभिभावकहरु शिक्षाको महत्त्व बुझेका थिएन ।

विभिन्न कारणले बालबालिका लाई विद्यालय जान दिएको थिएन । विभिन्न संस्थाको सहयोग र पहलमा विद्यालय भर्ना भएको छ्न। विद्यालय भर्ना भएको मुसहर बालबालिकाको शिक्षामा पहुँच र विद्यालय टिकाउको लागि ,सबैको लागि निशुल्क गुणस्तरीय शिक्षाको लागि दलित अधिकार समाज, पर्सा, नेपालको विशेष पहल तथा पीएस ४ पीपुल काठमाडौंको सहयोगमा आज पर्सा जिल्लाको पकँहामैनपुर गाउँपालिका वडा-४ मा रहेको श्री हरिहर राज उपाधाय्य प्राथमिक विद्यालयमा दलित बालबालिका लाई ड्रेस, जुत्ता , बैग , कापी कलम, पानी पिउने बोतल वितरण गरिएको छ।

Image may contain: 5 people, people smiling, people standing


यस पर्सा जिल्लाको पकहामैनपुर गाउँपालिकामा रहेकोे खेश्राहा टोलको दलित समुदायको मुसहर बालबालिका विद्यालय जान बाट बन्चित रहेको समाचार विभिन्न पेपर , एफएम , न्युज बाट प्रसारण गरिएको थियोे । यो समस्यालाई न्यूनीकरण गर्ने तथा दलित बालबालिकाको शिक्षामा पहुँच तथा विद्यालय टिकाउको लाई दलित अधिकार समाज , पर्सा, महुवनले अनुगमन गरि सहयोगि दाता सँग अनुरोध गरिएको थियो ।

Image may contain: 4 people, people standing


दलित अधिकार समाज पर्साको विशेष पहलमा पीएस ४ पिपुल काठमाडौंको सहयोगमा विद्यालय जान बाट , आर्थिक अवस्था कमजोर भएकोले , शिक्षाको महत्त्व नबुझेकोले यो सहयोग गरिएको छ। यस सहयोग कार्य बाट बालबालिका तथा अभिभावकहरु खुसी भएको छ्न। दलित बालबालिकामा मुसहर बालबालिका लागि यो प्रोत्साहन तथा जागरुकता भएका छ्न।
यो कार्यक्रम यस विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष श्री रामचन्द्र महतोको अध्यक्ष्ाता, प्रमुख अतिथि वडा-४ को अध्यक्ष ढेरी प्रसाद यादव , विशेष अतिथि सन्तोष पिडारी , पुनम खडकि , नवराज सुवेदी सुरेश सुवेदी ,रामचन्द्र रिजाल , पत्रकार बिन्दु भुषन शाह , वडा सदस्य अनिल प्रसाद तेलि , दलित महिला , दलित युवा हरु तथा शिक्षक शिक्षिका को सहभागिता रहेको थियोे ।

Image may contain: 10 people, people sitting and crowd


यो कार्यक्रम दलित अधिकार समाज, पर्सा, महुवनको अध्यक्ष तथा दलित समाजिक अभियान्ता मनोज राम ज्युले सन्चालन गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here