cn}FrL /f]Kb} s[ifs ndh'ª, ( c;f/ -/f;;_ M ndh'ªsf] pQ/L e]u d:of{ªbL ufpFkflnsf– & l5gvf]nfdf cn}FrL /f]Kb} cn}FrL s[ifs . t:jL/ M hgs >]i7 .

लमजुङ, १० असार । मकै थन्क्याउन र धान रोप्न व्यस्त भइरहेका बेला यहाँका अलैँची किसान भने बिरुवा रोप्ने चटारोमा छन् । जिल्लामा यतिबेला अलैँचीका बिरुवा लगाउने मौसम भएकाले किसानलाई बिरुवा रोप्ने चटारो भएको हो ।

बेंसीशहर नगरपालिका– १० खाँचेका सोमबहादुर तामाङले जेठको २९ गतेदेखि अलैँचीका बिरुवा लगाउँन थालेका हुन् । करीब ४० रोपनी क्षेत्रफलमा अलैँची रोप्ने तयारी उनले गरेकाछन् । अहिलेसम्म ४५ हजार बिरुवा रोपिसकेको र अझै १० हजार बिरुवा रोप्न बाँकी रहेको तामाङले बताए । यस्तैं खाँचेकै धर्मराज गुरुङ पनि बिरुवा रोप्न व्यस्त छन् । उनले २५ रोपनी क्षेत्रफलमा ३५ हजार अलैँचीको बिरुवा लगाइसकेको बताए । अझै ३०÷३५ रोपनीमा ५० हजार बिरुवा रोप्नुपर्ने छ । साउनसम्म अलैँची लगाइसक्ने किसान गुरुङले बताए । उनीहरु जस्ता अलैँची किसान यतिबेला सबै अलैँचीका बिरुवा रोप्नमा व्यस्त छन् । लुदी, छिनखोला, नयाँगाउँ, घाम्राङ, पसगाउँलगायत जिल्लाका अधिकांश क्षेत्रमा अलैँची लगाउँदै आएका किसान बिरुवा रोप्नमा व्यस्त भएको नेपाल अलैँची व्यवसायी महासङ्घ गण्डकी प्रदेशका संयोजक एवं लमजुङ शाखाका अध्यक्ष अजय तामाङले बताए । उनले भने “प्रत्येक वर्ष जेठ महीनाबाट साउन महीनासम्म बिरुवा लगाउने गरिन्छ । बिरुवा लगाउने मौसम भएकाले जिल्ला र जिल्ला बाहिरबाट बिरुवाको उच्च माग भइरहेको छ ।”

यसवर्ष प्रति नर्सरी बिरुवाको मूल्य पाँच रुपैयाँ रहेको छ । गत वर्षको तुलनामा प्रति बिरुवा दुई रुपैयाँले कम भएको छ । जिल्लामा साउन्ने, जिर्मले, डम्बरशाही गोलशाही, रामशाही र भलाङे जातका बिरुवा लगाउँदै आएको अध्यक्ष तामाङले बताए । किसानले जिल्लामा रामसाई र गोलसाई जातका अलैँची बढी लगाउँदै आएका छन् । एक हजार ५६ हेक्टर क्षेत्रफलमा अलैँचीखेती गरिँदै आए पनि ६५० हेक्टर क्षेत्रफल जमीनमा अलैँची उत्पादन हुँदै आएको छ । जिल्लामा उत्पादित ७५० क्विन्टल अलैँची दाना बिक्रीबाट किसानले रु पाँच करोड २५ लाख आम्दानी गरेको बताइएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here