रौतहट असार ११ गते ।’
अर्थ मन्त्रालयले पत्रचार गरेको पत्र अनुसार नेपाल भरिको सबै नगरपालिका गाउँपालिकाले आर्थिक बर्ष २०७६/०७७ को लागि असार १० गते नगरसभा न गरेको नगरपालिकाको आर्थिक बर्ष २०७६/०७७ को बजेट रोक्का गर्ने जानकारी प्राप्त भए पछि राजापुर नगरपालिकाले तेश्रो नगरसभा भब्य रुपमा सम्पान गरेको छ।


राजापुर नगरपालिकाले आर्थिक बर्ष २०७६/०७७ कू लागि ४२ करोड ९९ लाख बजेट बिभिन्न शिर्षकको लागि बिनियोजन गरेको छ ।’
उपमेयर जाफिरा खातुनको निर्देशन अनुसार प्रशासन प्रमुख बैजु ठाकुरले आर्थिक बर्ष २०७६/०७७ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो ।’


तेश्रो नगरसभा कार्यक्रममा राजापुर नगरपालिकाको मेयर शेख शकिल अख्तर ,प्रमुख प्रशासकीय अधिकृत गोबिन्द सिग्देल लगाएत कर्मचारी र कार्यपालिका सदस्यहरुको उपस्तिथी रहेको थियो ।’
गत बर्षको भुक्तानिहरु बाकि रहेकोले गर्दा यस बर्ष बाकि रहेको भुक्तानिलाई बिशेष प्राथमिकता दिने लेखा प्रमुख मनोज कुमार कर्णले जनाएको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here