काठमाडौं : उप–मेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगिताको उपाधि विराटनगर महानगरपालिकाले जितेको छ । शसस्त्र प्रहरी बलको हलचोक मैदानमा भएको फाइनलमा बाह्रबिसे नगरपालिकालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै विराटनगरले उपाधि हात पारेको हो ।

खेलको निर्धारीत समयसम्म १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । विराटनगरले बाह्रबिसे नगरपालिकालाई पेनाल्टी सुटआउटमा ४–१ गोल अन्तरले पराजित गरेको हो ।

विजेता विराटनगरले ५ लाख रुपैयाँ प्राप्त गर्यो भने उपविजेता बाह्रबिसेले ३ लाख रुपैया नगद पाएको छ । अखिल नेपाल फुटबल संघ एन्फाको महिला समितिले आयोजना गरेको प्रतियोगितामा १८ टोलीले प्रतिस्पर्धा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here