जनकपुरधाम, असार १५ गते ।

नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश नम्बर २ ले मूल्य अभिवृद्धि कर फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिएको छ ।

महासंघले आज जनकपुरमा पत्रकार सम्मेलन गरी आन्तरिक राजस्व मूल्य अभिवृद्धि करको नियम ४१ (ग)मा गरिएको संशोधन होटल व्यवसायीहरुमाथिको प्रहार भन्दै तत्काल सो दफा फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिएकोे हो ।

नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश नम्बर २ का महासचिव मोहन प्रसाद शर्माले होटल व्यवसायीहरुले प्रयोग गर्ने डिजेल र खाना पकाउने एलपी ग्यासमा आन्तरिक राजस्व विभागले कर कट्टा हुने व्यवस्थालाई उल्ट्याएर व्यवसायीको ढाड सेक्ने गरि ल्याउन लागेको कानुनले दोहोरो मारमा पर्नेे बताएका छन् । सरकारले गर्न लागेको संशोधन प्रक्रिया कुनै पनि व्यवसायीको हितमा नरहेको महासंघका प्रदेश २ अध्यक्ष हिरालाल गौतमले बताए ।

गौतमले सरकारले यो नीति परिवर्तन वा संशोधन नगरे भ्रमण वर्ष २०२० समेत नराम्ररी प्रभावित हुने भन्दै ट्याक्स वृद्धि भएसँगै मूल्य वृद्धि गर्न बाध्य हुने जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here