पेरिस– लियोनार्दो दा भिन्चीले बनाएको मोनालिसाको विश्वप्रसिद्ध  पेन्टिङ खतरामा परेको छ । अहिलेसम्मकै सबैभन्दा सुन्दर र अनमोल पेन्टिङका रुपमा रहेको मोनालिसाको उक्त तस्विर नष्ट हुन सक्ने खतरा देखिएपछि बुलेटप्रुफ सिसामा राखिएको विश्वकै सबैभन्दा ठूलो संग्राहलय मानिने फ्रान्सको दि लुब्रले जानकारी दिएको छ ।

उक्त संग्राहलयका अनुसार मोनालिसाको पेन्टिङलाई अहिले अर्को ठाउँमा स्थान्तरण गरेर बुलेटप्रुफ सिसाको फ्रेममा राखिने तयारी गरिएको छ । अन्तर्राष्टिय न्युज एजेन्सी एएफपीका अनुसार उक्त पेन्टिङ दि लुब्र संग्राहलयकै एक कोठाबाट अर्को कोठामा सारिनेछ र सुरक्षित व्यवस्थापन गर्ने तयारी गरिएको छ । संग्राहलयका निर्देशक जीन ल्युक मार्टिनेजले भनेका छन्, ‘पेन्टिङलाई १६ जुलाईको राती दोश्रो ग्यालरीमा सिफ्ट गरिन्छ ।’ 

५५० वर्ष पुरानो पेन्टिङ
संग्राहलयका निर्देशक मार्टिनेजका अनुसार मोनालिसाको यो पेन्टिङ ५५० वर्ष पुरानो र दूर्लभ पेन्टिङ हो । सुरक्षाका लागि उक्त पेन्टिङलाई अस्थाई ग्यालरीमा बुलेटप्रुफ सिसामा राखिनेछ । आउँदो अक्टोबरमा लियोनार्दो दाका पेन्टिङहरुको प्रदर्शनी आयोजना हुँदैछ, जसमा मोनालिसाको पेन्टिङ पनि राखिनेछ ।

प्रतिवर्ष एक करोड व्यक्तिले हेर्ने गर्छन् मोनालिसाको पेन्टिङ

संग्राहलयका निर्देशक मार्टिनेजका अनुसार पेन्टिङको बेला बेलामा मर्मत सम्हार पनि गरिरहनुपर्छ, ‘त्यसैले पनि यो पटकचाहि सुरक्षाका साथसाथै मर्मत सम्हारका लागि पनि स्थान्तरण पनि गरिएको हो । सन् २००० सालपछि यो पेन्टिङको मर्मत पनि भएको थिएन,’ उनले भने । यस संग्राहलयमा पेन्टिङ हेर्न भनेर वार्षिक एक करोड मानिसहरु आउने गरेको समेत उनले जानकारी दिए । 

१६ औं शताब्दीमा सुरु भएको थियो पेन्टिङको काम

विश्व प्रसिद्ध मोनालिसाको पेन्टिङको काम १६ औं शताब्दीमा भएको मानिन्छ । वास्तवमा लियानार्दोदा भिन्चीले  निर्माण गरेको उक्त पेन्टिङ उनले सँगै फ्रान्स लिएर गएका थिए । उनको मृत्यु हुनुभन्दा ३ वर्ष पहिले अर्थात १५१६ मा उनले यो काम सम्पन्न गरेका थिए । त्यसको ३ सय वर्षपछि अर्थात १८०४ मा दि लुब्र संग्राहलयमा यो पेन्टिङ राखिएको थियो ।

प्रसिद्धी बन्यो दुश्मन 

यो चित्रकला एउटा पातलो र कमजोर प्लेटमा निर्माण गरिएको छ । त्यसैले पनि यो नष्ट हुने र चोरिने खतरा बढेको छ । यो चित्रकला पछिल्लो पटक सन् १९७४ मा रसिया र जापान लगिएको थियो । त्यसअघि सन् १९६४ मा अमेरिकामा लगेर प्रदर्शनमा समेत राखिएको थियो । अमेरिकामा चित्रकला लैजाँदा संग्राहलयका क्युरेटर्सहरुले यो कदमको चर्को विरोध गरेका थिए ।

सन् १९११ मा एक इटालियन नागरिकले यो चित्रकलाको चोरी समेत गरेको थियो, त्यसबेला उक्त इटालियन नागरिक त्यही काम गथ्र्यो । तर पछि फिर्ता भएको थियो । यो चित्रकलाको धेरैपटक चोरी गर्ने प्रयासहरु भएका छन् । जानकारहरु भन्ने गर्छन् कि यो चित्रको प्रसिद्धी नै यसको सत्रु हो । कयौं देशले यो चित्रलाई आफ्नो भनेर दाबी समेत गर्ने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here