काठमाडौं,असार १७ गते । आईसीसी विश्वकप क्रिकेटमा आज ९मंगलबार० भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुदैछ । दुई बलिया एसियाली प्रतिद्वन्दी टोली एजबेस्टनमा आमने सामने हुनेछन् । खेल पौने ३ बजे शुरु हुनेछ । भारतले खेलिएका ७ खेलमा मात्र एकमा हार ब्यहोरेको छ ।

एक खेल बर्षाले रद्व हुदाँ अन्य खेलमा जित निकाल्न सफल भएको छ । भारतले ७ खेलबाट ११ अंक बटुलेको छ । अर्को बंगलादेशले ७ खेलबाट मात्र ७ अंक जोडेको छ । विजय शंकर भारतीय टिमबाट दोस्रो खेलाडीको रुपमा बाहिरिएका छन् । उनको स्थान मयांक अग्रवालले लिने भएका छन् । तर अग्रवाल बंगलादेशविरुद्वको खेलमा मैदानमा देखिने छैनन् ।

यता बंगलादेशलाई भारतविरुद्वको खेल अगाडी एक सुखद खबर प्राप्त छ । उसका मध्य क्रमका ब्याट्सम्यान अहमुदअल्लाह अब फिट भएका छन् । भारतीय टिममा केदार जाधवले यस बिश्वकपमा खासै गतिलो प्रर्दशन गर्न सकेका छैनन । उनको फिल्डिङमा समेत प्रश्न गरिएको छ । ब्याटिङ पिच भएको अवस्थामा दिनेश कार्तिकलाई टिममा स्थान मिल्ने सक्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here