चितवन — गिट्टी, ढुंगा, बालुवा बोक्ने ट्रिपरबाट चितवन प्रहरीले झण्डै सवा दुई क्वीन्टल गाँजा बरामद गरेको छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिएसपी एकनारायण कोइरालाका अनुसार मंगलबार बिहान ना४ख २२९५ नम्बरको ट्रिपरबाट बोरामा पोको पारेर राखेको दुई क्वीन्टल २० किलो गाँजा बरामद भएको हो ।

राप्ती नगरपालिका–४ भवानीपुरब लाहुरेचोकबाट राजमार्ग तर्फ आउँदै गरेको ट्रिपरलाई रोकर चेक गर्दा गाँजा बरामद भएको डिएसपी कोइरालाले बताए ।
‘इलाका प्रहरी कार्यालय भण्डराको टोलीले चेकिङ गर्दा ट्रिपरबाट गाँजा बरामद भएको हो’ कोइरालाले जानकारी दिए । प्रहरीले ट्रिपरका चालक मकवानपुर हेटौंडा–७ का सौगात श्रेष्ठलाई पनि नियन्त्रणमा लिएको छ । गाँजा कारोबारमा संलग्नको खोजी भइरहेको डिएसपी कोइरालाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here