जनकपुरधाम, असार १९ गते। महोत्तरी जिल्ला शिक्षा कार्यालयका तत्कालिन शाखा अधिकृत र मटिहानी स्थानका मानमहन्थ जगरनाथ दासका भतिजा लालकिसोर झाको हत्या अभियोगमा दोषी ठहरगर्दै रतनसागर स्थानका भगौडा महन्थ बैकुण्ठ दासर्लाइ १२ वर्षको कैद सजाय सुनाएको छ ।

यस अघि दासलाई उच्च अदालत जनकपुरले हजारीजनक क्याम्पसको जग्गा किर्तेजालसाजी मुद्दामा पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि उनी फरार भएका हुन् ।सर्वोच्च अदालतले दासको महन्थाई खारेज गरिसकेको छ । बैकुण्ठ दासलाई जिल्ला अदालतमा ‘विशेष व्यवस्था’ मिलाएर हाजिर गराइएपछि अदालतले सधारण तारेखमा रिहा गरेको थियो । २०६७ साल कात्तिक ११ गते दासमाथि मुद्दा परेको थियो ।सो मुद्दाका अभियुक्त बनाइएका राजन मुक्तीलाई अदालतले निर्दोष ठहरगर्दै सफाइ दिएको कानुन व्यवसायीहरुले जनाएका छन् ।

बैकुण्ठ दासमाथि अवैध ढंगले नागरिकता प्राप्त गरेको र रतनसागर लगायत विभिन्न मठमन्दिरहरुको जग्गा अवैध रुपमा बेचबिखन गरेको आरोप छ ।मन्दिरको बेचेको जग्गामा बसेको बस्तीको नामाकरण आफ्नै नाउँबाट बैकुण्ठ नगर राखेका छन् । गत वर्ष उनी वैष्णव सन्त समाजको सानिामा बैंक जनकपुरमा रहेको खाताबाट कोषाध्यक्षको किर्ते हस्ताक्षर गरी ३ लाख रुपैया झिकेको आरोप लागेको थियो ।

किर्ते जालसाजी मुद्दामा पूर्पक्षका लागि थुनामा राख्ने आदेश भएपछि फरार रहेका दासलाई उच्च अदालतले गरेको १२ वर्ष सजायको फैसला विरुद्ध सर्वोच्च अदालतमा मुद्दा गर्न स्वयं उपस्थित हुनुपर्नेछ ।उनी अब पक्राउ नपरे सम्म अदालतमा मुद्दा समेत गर्न नसक्ने कानुन व्यवसायी विपिन कुमार झाले बताए । दासका निकट सहयोगीहरुका अनुसार उनी भारतीय सीमा क्षेत्रमा आश्रय लिइरहेका छन् ।उनी भारतबाट नै धाकधम्कीदिदै रतनसागर स्थानमा कसैलाई महन्थ बन्न दिएको छैन् ।गुठी संस्थानले सो स्थानलाई हाल सम्म आफ्नो नियन्त्रणमा समेत लिन सकेको छैन् ।महन्थ दासले पछिल्लो पटक स्थानको जमिन एकजना मुसलमानलाई बेचेपछि सजाय पाउन थालेको बताइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here