अभिमनु कुमार पटेल, रौतहट, १९ असार । प्राथमिक विधालय र प्रस्तुति गृह भवनको शिलान्यास भएको छ ।
परोहा नगरपालिकाको वडा नं ६ भेडियाही टोल स्थित निर्माण हुन लागेको प्राथमिक विधालय ४ कोठे भवन र सोही वडाको स्वास्थ चौकीमा प्रस्तुति गृह भवन एक तल्ले ३ कोठे समेतको शिलान्यास भएको छ । प्राथमिक विधालय र प्रस्तुति गृह भवनमा परोहा नगरपालिका र छाया नेपाल नामक संस्थाको संयुक्त लगानीमा हुनेछ ।
विधालयको भवन निर्माण कार्यमा कुल रकम ६७ लाख लाग्ने छ । जसमा नगरपालिकाको ४२ लाख र छाया नेपालको तर्फबाट २५ लाख आर्थिक सहयोगमा तयार हुनेछ । त्यस्तै स्वास्थ चौकीमा निर्माण हुने प्रस्तुति गृहमा नगरपालिकाले आफनो ९ लाख रकम दिएको छ भने छाया नेपालले ९ लाख त्यसमा पनि सहयोगमा सुविधा सम्पन्न हुनेछ ।


सोही अनुरुप नगरबाट प्राप्त रकमबाट निर्माण आरम्भ गर्न लागिएको निर्माण भवनको बुधवार एक कार्यक्रम बिच औपचारिक शिलान्यास गरिएको छ । नेपाल नगरपालिका संघ प्रदेश न. २ का अध्यक्ष तथा परोहा नगरपालिकाका समेतका प्रमुख रहेका शेख वकिलले भवनको शिलान्यास गरेका थिए । शिलान्यास कार्यक्रममा बोल्दै नगरप्रमुख शेखले यस वडाको चौतर्फी विकासका लागि भेडियाही टोलमा महत्वपूर्ण हुने भन्दै अहिले सम्म यो गाउँमा आधुनिक विधालय र प्रस्तुति गृह नभएकाले वडाको आसपासमा शिक्षा र स्वास्थ्यमा उज्यालो हुने ढोका खुलेको नगर प्रमुख शेखले बताए ।


परोहा नगरपालिकाको जनताका आवश्यकता अनुकुलको माग र समस्यालाई पुरा गर्न आफु अग्रसर भएकाले बढी जोड शिक्षा र स्वास्थमै दिएकोले निर्माण कार्यलाई समय भित्र सम्पन्न गराई फरक खालका ठुला योजनाहरु अन्य संचालन गरी विकासमा नमुना नगर बनाउने लक्ष्यलाई पुरा गर्दै जाने प्रतिवद्धता उनले गरेका छन ।
परोहा नगरमा एकपछि अर्को ठूला आयोजनाहरु क्रमशः कार्यान्वयनको चरणमा रहेका छन् । क्षेत्रकै ठूलो अस्पताल निर्माण चरणमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here