रौतहट, असार २० गते: रौतहट जिल्लाको राजपुर नगरपालिकामा स्थानीय तहको कर्मचारीले म्याद थप तथा जेष्ठ २७ गते निर्णय बदर गर्नु पर्ने मांग राख्दै शुरू गरेको अनिश्चितकालीन धरना जारी नै रहेको छ ।

जेष्ठ ३० गते देखि कार्यालयको मुख्य गेटमा कर्मचारीहरु करीव ३ हप्ता देखि आन्दोलन गर्दा पनि नगरपालिकाका प्रमुख र निमित प्रमुख प्रशासकीय अधिकृतले भने वास्ता गरेको छैन । मुख्य गेटमा खारिज गरिएको कर्मचारीहरु नियमित रुपमा आफ्नो कार्यक्रमलाइ निरंतरता दिदै आएका छन । आषाढ़ महीनामा कामको चाप बढ़ी हुने हुदा कर्मचारीको आवश्यकता हुन्छन् ।

स्थानीय तहका कर्मचारीको समस्या सम्वोधन गर्ने अधिकार दायित्व रहेकोले उत्पन्न समस्याको समाधान गरिनुपर्नेमा नगर प्रमुख मोहमद सकिल अख्तरले कुनै उत्सुकता नदेखाई मौन भई बसेका छन । आन्दोलन प्रति कुनै चासो प्रतिक्रिया नदेखाएमा आन्दोलन गर्ने आफै परास्त हुने सोच मेयरको रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here