सप्तकोसी नदीमा छोराछोरीसहित आत्महत्या गर्न हामफालेकी महिला र उनका एक छोरालाई प्रहरीले उद्धार गरेका छन् । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहस्थित कोसी ब्यारेजमा शुक्रबार साँझ करिब ८ बजे हामफालेका मध्ये करिब ३५ वर्षीया महिलालाई शनिबार बिहान उद्धार गरिएको हो। बालकको भने शुक्रबार साँझ उद्धार गरिएको थियो ।

बालकको पुल नजिकै र महिलाको पुलबाट करिब ४ किलोमिटर तल पलार भन्ने स्थानबाट उद्धार गरिएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

स्थानीयका अनुसार ती महिला ३ बालबालिका सहित नदीमा हाफालेकी थिइन् । प्रहरीले बाँकीको खोजी र पहिचान प्रयास गरिरहेको छ । महिलाको साथबाट एक थान मोबाइल र गोलबाजरदेखि कोसी ब्यारेकसम्मको बस टिकट बरामद भएको प्रहरीले जनाएको छ । दुवैको स्थानीय भारदह अस्पतालमा उपचार भइरहको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here