गजुरी(धादिङ) — गजुरी इलाका प्रहरीले मलेखुबाट चितवनको भण्डारा जाने चेपाङमार्गबाट बिहीबार बिहानै २ सय २० केजी गाँजा को धुलो बरामद गरेको छ । 

चेपाङ मार्गको गजुरी २ डुङेठाटीमा कारोबारीहरुले गाँजा किनेर लैजान लागेको सूचना पाए लगत्तै प्रहरी उक्त बाटोमा गाडी कुरेर बसेको थियो । गाँजाको धुलोसहित बेनिघाट रोराङ १ खामभन्ज्याङ बस्ने ४१ वर्षका काइला भन्ने डिलबहादुर तामाङ पक्राउ परेका छन् । उनको साथबाट ८ वटा बोरा मा २५ /२५ केजीका प्लास्टिकको प्याकेज गराएर राखेको अवस्थामा गाँजाको धुलो बरामद गरिएको गजुरीका प्रहरी नायब उपरीक्षक खगेन्द्र बहादुर खड्काले बताए ।
तामाङ यसअघि पनि लागू पदार्थ ओसारपसार मुद्दामा १ वर्ष जेल बसेर छुटेका व्यक्ति हुन् ।बरामद लागु पदार्थसहित तामाङलाई थप छानबिनका लागि जिल्ला प्रहरी कार्यालय चलान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here