बुधबार रातिदेखि परेको अविरल वर्षाले प्रदेश २ को अस्थायी मुकाम जनकपुरधाम डसबानमा परेको छ । जनकपुरको प्रायः जसो सडक र सरकारी कार्यालय पानी जनमेको छ भने गहिर स्थानको घरहरुमा पानी पसेको छ ।

जनकपुरको ऐतिहासिक बाह्रविघा मैदान, जनकपुर विमानस्थल, रामानन्दचोक, जनकपुर अंचल अस्पताल, जिल्ला प्रहरी कार्यालय लगायतको स्थान जलमग्न भएको छ । अविरल वर्षाले कुनै अप्रिय घटना अहिलेसम्म नभएको र वर्षाले भएको क्षतिको तथ्यांक संकलन काम भइरहेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले टुडेपाटीलाई जानकारी दिनुभयो ।

अविरल वर्षाले जनकपुर लगायत तराई मधेशका जिल्लाहरुको जनजीवन कष्टकर बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here