मलंगवा, असार २७ गते । सर्लाही जिल्लाको इश्वरपुर नगरपालिकाको वडा नम्बर १३ मा प्रदर्शनकारीहरुमाथि प्रहरीले ताकेर हानेको गोली लागेर मृत्यु भएका सरोजनारायण सिंह(देवन )को परिवारलाई सरकारले १० लाख रुपैया उपलब्ध गराउने जनाएको छ ।

सर्लाही र महोत्तरी जिल्लाको सीमा जोड्ने बाँके नदीमा अवैध उत्खनन् गरी बनाइएको खाल्डोमा १२ वर्षिय बालक अमित यादवको मृत्यु भएको थियो ।त्यसको विरोधमा स्थानीय बासिन्दाहरुले पूर्वपश्चिम राजमार्ग अवरोध गरी प्रदर्शन गर्ने क्रममा प्रहरीले ताकेर सिंहको टाउकोमा गोली प्रहार गरेको थियो ।सो गोली लागेर उनको घटनास्थलमा नै मृत्यु भएको थियो ।

सरकारले स्व.सिंहको परिवारलाई १० लाख दिने घोषणा गरेपनि डुबेर मृत्यु भएका बालकको परिवारलाई कुनै सहयोग दिएको छैन् । दोषीलाई कार्वाही र मृतकका परिवारहरुलाई क्षतिपुर्ती दिनुपर्ने मागगर्दै राष्ट्रिय जनता पार्टी(राजपा)नेपालका साँसदहरुले बुधवार सदन अवरुद्ध गरेका थिए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here