देशभर वर्षा जारी रहेकाले पहाडि भू(भागमा पहिरो जान सक्ने र पूर्वी, मध्य, र पश्चिमी तराई क्षेत्रका नदिहरुमा जलको वहाव वढ्न सक्ने भएकोले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

देशभर हवाई तथा सडक यातायातमा वर्षा र कम भिजिविलिटिका कारण सामान्य अवरोध आउने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि मौसममा बदली हुने र भारी वर्षा हुने सम्भावना छ ।

मौसमविद बरुण पौडेलका अनुसार आज पनि देशभर सामान्य देखि पुर्ण वदलि रही धेरै स्थानहरूमा वर्षा हुने सम्भावना छ। पूर्व र मध्य क्षेत्रका केहि स्थानहरुमा र पश्चिमका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ । गृहमन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार बाढी पहिरोमा परेर अहिलेसम्म ४३ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा १८ महिला र २५ पुरुष छन् । २४ जना अझै बेपत्ता छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here