सप्तरी : भारतले कोशी व्यारेजको ६ वटा ढोका बन्द गरेको छ । भारतले विहार जोगाउन व्यारेजको ६ ढोका बन्द गरेको हो । 

कोशी बाँध फुट्ने खतरा बढेपछि शनिबार मध्यरातमा व्यारेजको सबै (५६ वटै) ढोका खोलिएको थियो । तर, व्यारेजको सबै ढोका खोल्दा विहारका केही ठाउँ जलमग्न भएपछि भारतले फेरि ६ ढोका बन्द गरेको हो । 

 व्यारेजको ६ ढोका बन्द गर्दा त्यसबाट नेपालतर्फका बस्ती भने डुबानमा पर्ने भएको छ । 

कोशी नदीमा वहाव प्रतिसेकेण्ड ३ लाख ७१ हजार १ सय १० क्युसेक पुगेको व्यारेजले जनाएको छ । नदीमा पानीको वहाव अत्यधिक मात्रामा बढेपछि त्यस आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here