काठमाडौं,२९ असार- अविरल वर्षापछि शुक्रबारदेखि देशका पूर्वी तथा मध्यभागमा आएको बाढी, पहिरो र डुवानबाट अहिलेसम्म ४३ जनाको मृत्यु भइसकेको छ । नेपाल प्रहरीक केन्द्रीय समाचार कक्षका अनुसार शनिबार राति ९ बजेसम्म मृतकको संख्या ४३ पुगेको हो । 

मृतक : कहाँ कति?

नेपाल प्रहरीका अनुसार बाढी पहिरोमा परी शनिबार साँझसम्म ललितपुरमा ५ जना, भोजपुरमा ५ जना र मकवानपुरमा ४ जनाले ज्यान गुमाएका छन्। 

त्यस्तै काठमाडौं, खोटाङ ,ओखलढुंगा र काभ्रेमा ३/३ जनाको मृत्यु भएको छ। धादिङ, झापा र सिन्धुलीमा २/२ जनाले ज्यान गुमाएका छन्। पाल्पा, पर्सा, रामेछाप, इलाम, सुनसरी, बारा, रौतहट, सिराहा, धनुषा, चितवन र डोल्पामा १/१ जनासहित ४३ जनाको मृत्यु भएको हो।

मृतकमध्ये १८ जना महिला र २५ जना पुरुष छन्। 

घाइते २० जना

बाढी पहिरो र डुबानमा परी मकवानपुरमा ४ जना, धनकुटामा ३ जना, भोजपुर, सुनसरी, काभ्रे र सिन्धुलीमा २ जना, खोटाङ्ग, धादिङ्ग, चितवन, दोलखा र रामेछापमा १/१ जनासहित २० जना घाइते भएका छन् ।

घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ ।

बेपत्ता ३४ जना

बाढी पहिरोका कारण डोल्पमा १० जना बेपत्ता छन्। डोल्पामा एकै ठाउँ बाढीले बगाएर १० जना बेपत्ता भएका हुँदा १ जनाको मृत्यु भएको छ। सिन्धुलीमा ६ जना बेपत्ता छन्। इलाम र मोरङगमा ३/३ जना, पाँचथर, झापा, उदयपुर, सुनसरी, पर्सा, रौतहट, महोत्तरी, सिराहा, धनुषा, धादिङ्ग, काठमाडौं, ललितपुरमा १/१ जना गरि ३४ जना बेपत्ता भएका छन् ।

११०४ जनाको उद्धार

डुबान परेका महोत्तरीमा ५ सय जनाको उद्धार भएको छ। रौतहटमा २ सय जना, काठमाडौंमा १ सय ८५ जना, सर्लाहीमा १०० जना, सिन्धुलीमा ७० जना, सप्तरीमा २५ जना, उदयपुरमा १० जना, ललितपुरमा ८ जना, सिराहमा २ जना तथा भक्तपुर, सुनसरी, मकवानपुर र खोटाङमा १/१ जना गरी जम्मा ११ सय ४ जनाको सकुशल उद्दार गरिएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here