रौतहट, २९ असार । तीन दिन देखि डुबानमा परेको रौतहटको गौर नगरपालिका लगायत आसपासका दर्जन बढी गाउँमा पानीको सतह घटेपछि बाढीपिडितहरु अब राहतको आशमा परेको छन्।

भारतीय पक्षले दशगजामा बनाएको बाँधको दुई साइफल (ढोका) खोलेपछि पानीको सहत घटेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नविन कुमार कार्कीले बताए। उनका अनुसार करिब ८० प्रतिशत पानी घटेको छ। लाल बकैया र बागमतीको बाँध भत्केपछि गौरनगरपालिका लगायत दर्जन बढी गाउँमा बाढी पसेको थियो।

निरन्तर चार दिनदेखि परेको वर्षाका कारण बाढी र नदीको पानी बस्तीमा प्रवेश गरेपछि करिव ३० हजार बढी घरमा क्षति पुर्याएको छ। बाढीबाट बिस्थापित सबैलाई सामुदायिक भवन, बिद्यालाय, लगायतका सुरक्षित स्थानमा राखिएको छ। तर बाढीका कारण अधिकांस बाढी पीडितको अवस्था दर्दनाका बनेको छ।
बाढीको पानी घटेसंगैं बाढीपिडितहरु आवागमन सजिलो हुन थालेको देखर कहिन कहिबाट आफुहरुका लागि राहत सामग्रीहरु आउने आशमा छटपटाई रहेका छन् । स्थानिय एक बाढीपिडितका अनुसार आफुहरुमाथि दैवीविपती आएको बेला कमसे कम आफुहरुले दिएको भोटबाट निर्वाचित संघिय सरकार, प्रदेश सरकार तथा स्थानिय सरकारहरुले केही त राहत ल्याउनु पर्ने हो तर हाल सम्म राहत आई पुगको भने छैन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here