वीरगंज, ३० असार । आज सोमबार असार २० गते जिल्ला प्रशासन कार्यालय पर्साले सुचना जारी गर्दै पर्साको सिर्सिया नदी र भेडाहा खोलामा बाढि आउन सकने भएकोले नदि र खोला किनारमा नजाने र जानै परे सावधानी अपनाउने भनि सुचना अनफनो अधिकारीका फेसबुक वालमा लेखि आम जन्ता सचेत गराएको छ ।

मकवानपुर जिल्ला, ईन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी ड्याममा पानीको सहत बढ्दै गएको र सोबाट उक्त ड्याममा क्षति पुग्नसक्ने कुरालाई मध्यनजर गर्दै आज ३० गते विहान ८ बजेदेखि उक्त ड्यामको पानी नियन्त्रित रुपमा निष्कासन गरिने हुँदा सो को वहावबाट असर पर्न सक्ने क्षेत्रहरुका

जिल्लाका वासिन्दाहरुलाई सतर्क रहन सूचना जारी गरेको छ ।
कुलेखानीको वाँध खोल्न थालेको हुदा सिर्सिया नदी र भेडाहा खोलामा बाढि आउन सक्छ । स्थानीय वासिन्दालाई सजग बनाउँ ।

खोला किनारमा नजाने र जानै परे सावधानी अपनाउने गरौं । आफु सुरक्षित रहौं र अरूलाई पनि सुरक्षित राखौं भन्दै जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here