सर्लाही, असार ३० गते ।
सर्लाहीमा मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको हरिवन नगरपालिका ६, घुर्कौली निवासी १२ वर्षीय युनिक स्याङ्गतान रहेको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

आइतबार साँझ ज. १२ प ६०८२ नम्बरको मोटरसाइकलले युनिकलाई ठक्कर दिएको थियो । गम्भीर घाइते स्याङ्गतानको वीरगंज हेल्थकेयरमा उपचार गर्दा गर्दै राती मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने मोटरसाइकल चालक धनुषाको मिथिला नगरपालिका ८ निवासी २३ वर्षीय धनराज लामा समेत घाइते भएकाले प्रहरी निगरानीमा वीरगंज हेल्थकेयरमै उपचार भइरहेको छ । यस घटनाबारे थप अनुुसन्धान भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here