चन्द्रपुर,३१ असार ।
भुमी व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादबले सहकारी क्षेत्रर्ला प्रदेश सरकारले बिशेष ग्राहयता दिने बताउनुभएको छ । 
रौतहटको चन्द्रपुरमा सोमबार आयोजित सहकारी सुदृढिकरण सम्बन्धी प्रदेश स्तरीय गोष्ठीमा बोल्दै मन्त्री यादबले जिविकोपार्जन र

अर्थाेपार्जनमा प्रदेश २ का ८ जिल्लाका जनताको जिवनस्तरमा सुधार ल्याउनका लागी सहकारीले प्रमुख भुमिका खेल्ने बताउनुभयो । 
सहकारीको

लामो ईतिहास भएपनि हालसम्म सहकारीको आफ्नै कुनै उत्पादन (ब्राण्ड)जनताले उपभोग गर्न नपाउनु दुखद भएकाले विदेशी उत्पादनमा रमाउनुभन्दा सहकारी संस्थाहरुले आफ्नै उत्पादन(ब्राण्ड)बनाउनतर्फ केन्द्रित हुनुपर्ने बताउनुभयो ।
बाढीले प्रदेश २ मा धेरै क्षती पु¥याएकले सबै मिले क्षती न्युनिकरण कसरी गर्ने र एक अर्काको सहयोगमा लाग्नु पर्ने मन्त्री यादबले बताउनुभयो । कार्यक्रममा गैसस महासंघ रौतहटका अध्यक्ष रामपुकार यादब ,सहकारी संचालक र पत्रकारहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here