मालपोत कार्यालय चन्द्रपुरले आइतवार बाट एलआरआइएमएस प्रणाली द्धारा पुर्जा बितरण शरु गरेको छ ।
आज एक कार्यक्रमका बिच भुमी व्यवस्थापन तथा अभिलेख बिभागका महानिर्देशक गोकर्णमणी दवाडीले उद्घाटन गर्नु भएको हो ।
मालपोत कार्यालय चन्द्रपुरमा अवदेखी अनलाइन सिस्टम बाट कार्य सम्पादन हुने र सेवाग्रहीलाइ सहज हुने महानिर्देशक दवाडीले जानकारी दिनुभयो ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथी चन्द्रपुर नगरका मेयर रामचन्द्र चौधरीले मालपोत कार्यालय लाइ जमिनको व्यवस्था गर्ने तथा कर्मचारीहरु पनि व्यवस्थापन गर्न नगरपालिका तयार रहेको बताउनु भयो ।
चन्द्रपुर ६ की दिलमाया लामा र तुलसा कोइराला लाइ पुर्जा हस्तान्तरण गरेर कार्यक्रम उद्घाटन गरीएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here