काठमाडौँ — पृथ्वी राजमार्ग अन्तरगत धादिङकाे थाक्रे गाउँपालिका–१ खयरघारीमा बस र माइक्रो जुध्दा ११ जना घाइते भएका छन् ।

चितवनबाट काठमाडाैं जाँदै गरेको बा ५ ख २१५१ नम्बरको माइक्रो र विपरित दिशाबाट आउँदै गरेको लु २ ख २१३४ नम्बरको बस एक आपसमा ठोक्किएर दुर्घटना भएको हो !

बसले माइक्रोलाई ठक्कर दिएपछि माइक्रो महेश खोलामा खसेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख राजकुमार बैदवारले बताए।

घटनामा घाइते भएका सबै जनालाई उपचारका लागि काठमाडाैं पठाइएको छ। घटनाको विस्तृत विवरण आउन बाकी रहेको छ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here