जनकपुरधाम, साउन ६ गते ।

जनकपुरको रामजानकी हस्पिटलको लापरवाहीले मृत्यु भएको एक बिरामीको शव साढे चारलाख क्षतिपुर्ति दिने सम्झौतापछि शव उठाएको छ । पेटमा ग्यास बनेर दुख्न थालेपछि आईतवार विहान ८ बजे हस्पिटलमा भर्ना भएका बटेश्वर गाउँपालिका ३ का ५२ वर्षीय बिन्देश्वर ठाकुरको जथाभावी औषधि प्रयोगले दिउँसो मृत्यु भएको थियो 

मृत्युपछि मृतकका आफन्त र स्थानीयहरुले घटनाको छानविन र दोषीलाई कारबाहीको माग गर्दै शव नउठाउने भन्दै अस्पतालमा धर्ना दिएका थिए । आईतवार साँझदेखि अस्पताल प्रशासन र मृतक पक्षबिच चलेको बार्ताले साढे ४ लाख ५० हजार रुपैयाँ क्षतिपुर्ति दिने सम्झौतापछि राति ९ बजे मृतक परिवारले शव उठाएको बार्तामा सहभागि युवा राममणि कुशवाहाले बताउनुभयो ।

समान्य बिरामी भएर भर्ना भएका ठाकुरको हस्पिटलले बढी पैसा कमाउने चक्करमा जथाभावी औषधि प्रयोग गरेको कारण बिरामीको मृत्यु भएको परिवारजनले दावी गरेको छ । ठाकुरको मृत्युपछि हस्पिटलमा तनाब बढेको थियो ।

एक अस्पताल बारिका चिकित्सकले औषधिको लिस्ट हेरेपछि बढी औषधि प्रयोग कै कारण ठाकुरको ज्यान गएको दावी गरेका छन् ।

छिल्लो समय जनकपुरको निजी अस्पताल र क्लिनिकहरुमा पैसाको लागि अनावश्यक चेकजाँचको साथै औषधि प्रयोग गर्ने होडबाजी चलेको छ । जसको कारण समान्य बिरामीलाई बढी आर्थिक भार खेप्नुको साथै ज्यान समेत ज्याने गरेको छ ।

एक महिना अघि मात्र जनकपुरको आस्था हस्पिटलले एकजना महिलाको समान्य प्रसुति बापत ५ लाखको बिल थमाएका थिए । त्यसपछि युवाहरुको चाँसो देखाएपछि पछि ३५ हजार रुपैयाँ लिएर बिरामी डिस्चार्ज गरेको थियो । पछि अनुगमनको क्रममा उक्त हास्पिटललाई प्रशासनले शील समेत गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here