शृंखला खतिवडाले मिस नेपाल भएर चर्चा बटुलिन् । मिस वल्र्डमा भाग लिँदा पनि उनको चर्चा भयो । २०१८ की मिस नेपाल शृंखलाको सुन्दरतासँगै बौद्धिकताको पनि चर्चा भयो ।

शृंखला अहिले टर्कीमा छिन् । त्यहाँ घुमघाममा व्यस्त रहेकी शृंखलाले इन्स्टाग्राममा एउटा फोटो स्टोरी सेयर गरेकी छिन् । स्टोरीमा भ्लगर सिसन बानियाँको काँधमा शृंखलाले टाउको राखेकी छिन् । सोक्रममा दुवैजना खुबै खुसी देखिन्छन् ।

यो तस्बिर सार्वजनिक भएपछि उनीहरू प्रेममा रहेको चर्चा चलेको छ । मिस नेपाल प्रतियोगिताका दौरान शृंखलालाई सिसनले निकै सहयोग गरेका थिए । यद्यपि, उनीहरूबीच अफेयर चलेको खाली हल्ला हो या साँच्चै हो भन्नेबारे भने दुवैले मुख खोलेका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here