काठमाडौं । यतिबेला फिल्मी नगरीमा सबैभन्दा चर्चामा छिन्, अभिनेत्री साम्राज्ञी आरएल शाह । उनी कुनै फिल्मका कारण भने चर्चामा आएकी होइनन् । उनी चर्चासँगै विवादमा आउनुको कारण हो उनकै विकिनी अवतारका तस्बिर ।

दुई वटा फिल्मको छायांकन पूरा गरेर यतिबेला उनी विदेश भ्रमणमा छिन् । ‘रातो टिका निधारमा’ र ‘मारुनी’ फिल्मको छायांकन पूरा गर्दै उनी इन्डोनेसियामा मस्ती गरिरहेकी छन् । त्यही क्रममा उनी विवादसँगै चर्चामा आएकी हुन् । केहीदिन अघि इन्डोनेसियाको जिम्ब्राविचमा विकिनी तस्बिर सार्वजनिक गरेकी थिइन् ।

तीन तस्बिरमा देवाङ्कसले साम्राज्ञीको ओठ, छाती र कम्मरको पछाडिको भाग चुमेका छन् । ती तस्बिरहरु उनले आफ्नो इन्टाग्राममा साझेदार गरेका थिए । तर, गालीको वर्षात भएपछि हटाए ।


त्यसको केही समयपछि प्रेमीसँगै मस्ती गरिरहेको तस्बिरहरु पनि सार्वजनिक भए । जसले गर्दा उनलाई विवादमा तान्यो । उनको विवाद र चर्चा सकिन नपाउँदै उनले अर्को हट अवतारका तस्बिरहरु सामाजिक सञ्जालमा पोष्ट गरेकी छन् । जुन तस्बिरमा उनले गोल्डेन कलरको ब्रा तथा बिकिनी सल लगाएकी छन् ।

उनको प्रेम सम्बन्धको प्रशंगले पनि समय-समयमा राम्रै तताएको गरेको छ । मयंक खड्कासँग ब्रेकअप भएपछि उनी केही महिनायता धनाड्य प्रेमी देवाङ्कस राणाको प्रेममा रमाइरहेकी छन् । उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाका छोरा देवाङ्कससँगै उनी यतिबेला विदेशमा मस्ती गरिरहेकी हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here