रौतहट, १० श्रावण, अभिमनु कुमार पटेल । रौतहटमा आएको बिनाशकारी बाढीबाट क्षतिग्रस्त क्षेत्र भएको ठाउँमा क्लब फिप्टी नेपालले राहत बितरण गरेका छन् ।
क्लब फिफ्टी नेपाल काठमाडौं द्वारा आज रौतहटको माधव नारायण नगरपालिका वडा नं ३ सखुअवा टोल स्थित वडा कार्यालयमा तीन सय पचास जना अति प्रभावीत बाढीपिडित घरपरिवारहरुलाई राहत वितरण गरेका छन ।

Image may contain: 4 people, people standing


महाबिनाशकारी बाढीले गर्दा बागमती र लालबकैया नदी छेउछाउका बासिन्दाहरुलाई अहिले पनि त्रसित र आ(आफ्ना घरमा जान अहिले महिनौ लाग्ने भएको छ । क्लब फिप्टी नेपालद्धारा चामल, दाल, तेल, चना, मटर गेडागुडी, आलु, प्याज, चिउरा, चाउचाउ, नुन, मशाला, बिस्कुट, चिनी र चायपति गरी पुरै ६ लाख बराबरको राहत माधव नारायण नगरपालिकाका सबै वडाबाट अतिप्रभावीत भएका व्यक्तिहरुलाई बितरण गरिएको क्लबका अध्यक्ष दमन बस्नेतले जानकारी गराएका छन ।

Image may contain: 8 people, people smiling, people standing


बाढीले ३ हजार भन्दा बढी घरपरिवार माधव नारायण नगरपालिकामा बिस्थापीत भएको हुनाले जसको पुरै घर बिहिन भईसकेको पीडितलाई मात्र तत्कालको लागि केही राहत स्वरुप खाद्यान्न सामाग्री वितरण गरिएको मेयर बीरेन्द्र प्रसाद यादवले बताए ।माधव नारायण नपामा धेरै बाढीले क्षति हुदा पनि सम्बन्धीत ठाउँमा पुग्न नसकेको कारण बाढीपीडितले राहत पाउन सकेन तर अलि ढिलो आएपनि पीडितहरुको अनुहारमा खुशी ल्याएकोले मेयर यादवले क्लब फिप्टी नेपाल लगायतका सबै टिमलाई बिशेष धन्वाद दिएका छन । भने बिनाशकारी बाढीले गर्दा पिउने पानीको धारा समेत डुवान हुँदा विभिन्न प्रकारका रोग लाग्न सक्ने डरले सो पानीले स्वास्थ्य खराव हुने सम्भावनाले सबै वडामा नगरबाट निशुल्क स्वास्थ शिविर र परिक्षण समेत संचालनमा रहेको बताए ।

Image may contain: 7 people, outdoor


दुई सप्ताह देखि लगातार बर्षाले गर्दा रौतहटको पुर्व पश्चिम भागमा रहेको लालबकैया र बागमती नदीमा पानीको सतह क्षमता भन्दा बढी हुँदा बाढी आएको थियो । सो बाढीले रौतहटको विभिन्न गरि करिब ७ ठाउँमा बाध भत्किएको हुदा अलिकति पानी नदीमा आउने बितिकै बस्तीहरु डुबानमा पर्दै आईरहेको छ ।

Image may contain: one or more people, people sitting and food


राहत वितरण कार्यमा नेपाली सेना, जनपत प्रहरी नगरपालिकाका उपमेयर सिमल कुमारी साह, नगरका सबै वडाअध्यक्ष, क्लबका सदस्य लगायतको उपस्थिति रहेको थियो।

Image may contain: 3 people, outdoor

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here