भक्तपुर– भक्तपुर प्रहरीले घुस दिन खोज्ने २ जनालाई नियन्त्रणमा लिएको छ । ड्युटीमा खटिएको प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेको आरोपमा बा.८८ प ५०२६ नम्बरको मोटरसाइकल चालक काभ्रे नमोबुद्ध नगरपालिका– १० घर भएका २२ वर्षीय सञ्जिव  लामा र मोटरसाइकलमा  सवार मकवानपुर

घर भएका १९ वर्षीया सविना थापालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो  ।
मध्यपुरठिमी नगरपालिका–३ कौशलटार खटिएको प्रहरीले जाँच गर्ने क्रममा दुबै जनाले मादक पदार्थ सेवन गरेकोले कागजपत्र मागेको थियो ।  

सोही क्रममा कारबाहीबाट बच्न नगद १ हजार दिई उनीहरुले प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेका थिए । दुबै जनालाई उक्त रकम र मोटरसाइकल सहित प्रहरीले पक्राउ गरिएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here