राजविराज — वर्षा र बाढीबाट अतिप्रभावित सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका ४ र ५ का पीडितहरुलाई प्रदेश नम्बर २ का भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री शैलेन्द्रप्रसाद साहले तीन वटा डुंगा वितरण गरेका छन् । वर्षा हुनेबित्तिकै कोसी नदीको सिपेजको पानी र जिता नदीको बाढीका कारण डुवानमा पर्दै आएको त्यस क्षेत्रका नागरिकलाई डुंगा दिइएको हो ।

वडा नम्बर ४ को कोईलाडी चटीटोलमा १ र वडा नम्बर ५ को बनरझुला र टिकुलियामा २ वटा डुंगा मंगलबार मन्त्री साहले स्थानीयलाई प्रदान गरे । उक्त क्षेत्र मन्त्री साहको निर्वाचन क्षेत्र पनि हो ।
उनीहरुलाई बाढीका बेला सुरक्षित तवरले अग्लो स्थानमा पुग्नका लागि डुंगा वितरण गरिएको मन्त्री साहले बताए । मन्त्री साहले ब्यक्तिगत लगानीमा ३ डुंगा वितरण गरेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here