सप्तरी, साउन १९ गते ।

सप्तरीको सुरुङ्गा नगरपालिका १ पिप्राकी एक ३५ वर्षाीया महिलाको हत्याको आरोपमा उदयपुर प्रहरीले १९ वर्षपछि एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पश्चिम पिप्राका ६० वर्षीय प्रेमबहादुर खुलाल मगर छन् ।

२०५७ मंसिर २१ गते उदयपुरको त्रियुगा नगरपालिका ९ खारखोलास्थित जङ्गलमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट हत्या गरी फरार रहेकामध्ये मगरलाई शुक्रबार राति घरबाटै प्रहरीले पक्राउ गरेका छन् ।

इलाका प्रहरी कार्यालय भेडिया र उदयपुर प्रहरीको समन्वयमा मगरलाई घरबाट नै पक्राउ गरी उदयपुर बुझाइएको छ । पश्चिम पिप्राका मिलनको बाबु भनिने खडगबहादुर मगरसहित प्रेमबहादुर समेतले शिकार खेल्ने क्रममा भरुवा बन्दुकले जङ्गलमा घाँस काट्न गएकी पश्चिम पिप्रा गाउँका धनवीर यादवकी श्रीमती ३५ वर्षीया किसनवती यादवको मृत्यु भएकोे थियो ।

प्रहरीले दिएको जानकारी अनुसार भरुवा बन्दुकले मृत्यु भएकी यादवलाई जङ्गलमा घटनास्थल नजिकै जलाएर फरार रहेकामध्ये एक जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here