एनआरएनए अभियन्ता लोकप्रसाद दाहाल हाल एनआरएनए एनसीसी बेल्जियमको अध्यक्ष हुन् । बिगत लामो समयदेखि स्थायीरुपमा बेल्जियम बसोबास गर्दै आउनुभएका दाहालले एनसीसी बेल्जियमको सफलतापूर्वक महासचिव पदको जिम्मेवारी पनि निर्वाह गरिसक्नसभएको छ । दाहाल नेपालको धादिङ बुढाथुमका पुराना वासिन्दा हुन् । हाल बेल्जियममा व्यवसायसँगै सामाजिक कार्यमा पनि सक्रिय रहँदै आउनुभएका दाहालले एनआरएनए आइसीसीको सन् २०१९–२०२१ कार्यकालका लागि केन्द्रीय नेतृत्वका लागि आफ्नो उम्मेदवारी घोषणा सक्नु भएको छ । केही समयअघि एनआरएनए ओमानको महाधिवेशनमा एनआरएनए आइसिसीमा सहकोषाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएका दाहालसँग एनआरएनए अभियान, आगामी नेतृत्व र समग्र एनआरएन अभियानमा केन्द्रित रहेर जनसवाल दैनिकका लागि रामजी बगालेले गरेको कुराकानीको सारसंक्षेप :

एनआरएनए नयाँ नेतृत्वको चर्चा शुरु भएको छ, अब एनआरएनमा यहाँको भावी दिन कसरी अगाडि जान्छ ?
मेरो चाहना एनआरएनमा मेरो लगानी पुगेको छैन । यस अभियानमा म अझ सशक्तरुपमा केन्द्रिय पदाधिकारीको रुपमा अगाडि बढ्ने चाहना छ । समाजमा योगदान गर्नको लागि जिम्मेवार पदमा रहनु पर्ने रहेछ भन्ने मैले आभास गरेको छु । त्यसकारण आगामी ग्लोबल कन्फेरेन्समा अझ जिम्मेवार पदमा रहेर काम गर्ने रहर भएकोले निरन्तर एनआरएन अभियानमा सक्रिय रुपमा सहभागी हुँदै आएको छु । प्रायः सबै एनआरएनए अभियान वा कन्फेरेन्समा उपस्थित हुने गरेको छु । मैले आईसीसी २०१९–२०२१ को लागि सह–कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा पनि गरिसकेको छु । सबै साथीहरूको साथ, विश्वास र समर्थन पाएमा मेरो उम्मेदवारीले सफलता पाउन सक्छ । मलाई विश्वास छ, सबै मित्रहरूले मलाइ विश्वास गर्नुहुनेछ । यहाँहरुले विश्वास गर्नुभयो भने म यहाँहरूको विश्वासलाई मर्नदिने छैन भन्ने प्रतिबद्धतासमेत यसै सञ्चारमाध्यमबाट गर्न चाहन्छु ।

आगामी ग्लोवल कन्फेरेन्समा यहाँले आफ्नो उम्मेदवारी घोषणा गरिसक्नु भएको सन्दर्भमा के भन्न चाहनुहुन्छ ?
एनआरएनए अभियानमा म निरन्तर सबै मित्रहरुसंग हातमा हात र साथमा साथ मिलाएर अगाडि बढ्ने छु । एनआरएनए आईसीसी २०१९–२०२१ को लागि सह–कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेको छु । सम्पुर्ण मित्रहरुले साथ र सहयोग दिनुहुनेछ भन्नेमा पूर्णरुपमा विश्वास्त छु । म एनआरएनए अभियानमा पदमा रहे पनि वा नरहे पनि निरन्तर मन, वचन र कर्मले लागि नै रहने छु । मैले बुझे अनुसार पद भन्दा आफ्नो जिम्मेवारी ठुलो विषय हो । यसमा सक्रिय सहभागिता र काम नै प्रमुख विषय हो । म सम्पूर्ण एनआरएन साथीहरूलाई हामी सबैको साझा संस्था भएकोले सहकार्य गरेर अगाडि बढ्नको निमित्त हार्दिक अपिल समेत गर्दछु ।

यहाँको बेल्जियम प्रबेश र हालको अवस्थाबारे बताईदिनुस न ?
मेरो औपचारिक शिक्षा भारतबाट शुरु भएको हो । मेरो बुवा रोजगारको सिलसिलामा भारतमा बस्नु हुन्थ्यो । त्यसपछि माध्यमिक शिक्षा भने मैले गाउँकै बुद्धिविशाल माध्यमिक विद्यालयबाट एसएलसी सकें र उच्च शिक्षाको लागि काठमाडौँ आएँ । काठमाडौंमा केही समय बसे पछि पुनः उच्चशिक्षाको लागि भारत गएँ । भारतबाट अध्ययनकै सिलसिलामा सिङ्गापुर पुगें । सिङ्गापुरमा १९९७ मा ट्राभल्स एन्ड टुरिज्म पढाइ सकेर रोजगारीकै सिलसिलामा सन् १९९९ बेल्जियम आएको हुँ । बेल्जियम आएर लामो समय होटेल, रेस्टुरेन्ट एवं हस्पिटालिटी क्षेत्रमा काम गरेर आफ्नो कार्य अनुभव बनाएँ । मेरो बेल्जियम बसाई एकदमै सङ्घर्षपूर्ण नै थियो र अहिले पनि संघर्ष गरिरहेकै छु । काम, व्यवसाय, सामाजिक कार्यमा निरन्तर लगावले नै मलाई बेल्जियम मै सुन्दर भविष्य निर्माण गर्न सहयोग पुग्यो । अहिले सुखद् र सन्तुष्ट नै रहेको छ मेरो बेल्जियम बसाई किनभने बेल्जियममा धेरै वर्ष काम गरेपछि व्यवसाय गर्ने सोच भयो र व्यवसायमा लागें । सन् २००४ मा बेल्जियमको परमानेन्ट रेसिडेन्सी अनुमति पनि पाएँ । त्यसपछि, पूर्णरुपमा बेल्जियम नै मेरो कर्मभूमि बन्योे ।

प्रमुख रुपमा बेल्जियममा यहाँको कुन–कुन व्यावसायहरु संचालन गरिरहनु भएको छ ?
म यहाँ बिभिन्न व्यवसायमा आबद्ध छु । मेरो व्यवसायको प्रमुख क्षेत्र भनेको होटेल तथा रेस्टुरेन्ट नै हो तर, होटल तथा रेस्टुरेन्टसँगै अन्य धेरै व्यवसायहरू पनि सञ्चालन गरिरहेको छु । म अहिले विशेष गरी, एउटा थ्री स्टार होटेल नेशनल आन्तोरपिङ, सात वटा सुसी रेस्टुरेन्ट, सहकारी संस्था, हाउजिङ, एसियन सुपरमार्केट र घरनिर्माण जस्ता विभिन्न व्यवसायमा आबद्ध रहेको छु । यी बिभिन्न व्यवसायका अलावा म सामाजीक काममा पनि आफ्नो समय व्यवस्थापन गरेर निरन्तर लागि रहेको छु । बिशेष गरि एनआरएनए अभियानमा लागि रहेको छु ।

आफ्नो व्यवसायिक जीवनसंगै सामाजिक कार्यलाई कसरी अगाडि बढाईरहनुभएको छ ?
मानिस सामाजिक प्राणी भएकोले आफ्नो व्यवसायिक जीवनबाहेक समाजलाई पनि योगदान दिनुपर्छ । मेरो पहिलो प्राथमिक कर्म भनेको व्यवसाय भए पनि वर्षौदेखि म विभिन्न सामाजिक कार्यहरूमा, सामाजिक अभियानहरूमा, सामाजिक सङ्घसंस्थाहरूमा पनि निरन्तर सक्रियरुपमा सहभागी हुँदै आएको छु । खासगरि मेरो सामाजिक कार्यको मूल घर भनेको एनआरएनए नै हो । म एनआरएनएमा सन् २००३ देखि निरन्तर आबद्ध छु । म हाल एनआरएनए बेल्जियमको अध्यक्ष पदको जिम्मेवारीमा पनि छु । साथै, सामाजिक संस्था वर्क फर फाउन्डेसनको सल्लाहकार, फ्रम पिपल टु पिपल बेल्जियमको सदस्य छु, व्यवसायी संघ बेल्जियमको अध्यक्ष छु । यी र यस्ता सङ्घसंस्थाहरूमार्फत निरन्तर आफ्नो सामाजिक जिम्मेवारी निर्वाह गरिरहेकोे छु ।

एनआरएनलाई सम्पन्नशालीहरूको मात्र संस्था भन्ने आरोप छ नि ?
यस विषयलाई तथ्यगत रुपमा जाँदा राम्रो होला । एनआरएनए आफैंमा धनी संस्था होईन, यो धनी जन्माउने संस्था चैँ हो । तर, धनीहरूको मात्र संस्था चाँही हैन । एनआरएन त संसारभर छरिएर रहेका नेपालीहरूको छाता सङ्गठन हो । यसले विश्वमा रहेका नेपाली बीच भाइचाराको सम्बन्ध बढाइरहेको छ । एनआरएनए विदेशमा रहेका नेपालीहरूको नेपाल सरकारले मान्यता प्रदान गरेको एक मात्र बृहत् सङ्गठन हो । यो संस्थाका प्रत्येक सदस्यले तिरेको मासिक लेवीले चल्ने संस्था हो । यस संस्थामा आबद्ध केही व्यक्तिहरू सम्पन्नशाली भए पनि संस्था धनीहरुको मात्र भनेर परिभाषित गर्न मिल्दैन । एनआरएनए भनेको जन्मभुमी छोडेर कर्मभुमी परदेशमा रहेका नेपालीहरूको साझा घर हो । एनआरएनए जस्तो पवित्र संस्थालाई लगाएको आरोपलाई मेरो कदापी स्वीकार हुन सक्दैन ।

यहाँले एनआरएनमा रहेर कति काम गर्नुभयो ? एनआरएनएमा संलग्न हुँदा यहाँको अनुभव कस्तो छ ?
म एनआरएनएको मात्र अभियन्ता होईन । म एक सचेत नेपाली नागरिक पनि हुँ । यसर्थ एनआरएनमा लाग्नुको उद्देश्य नै नेपालको समृद्धिमा आफ्नो क्षमताले सकेको योगदान पु¥याउन सकौं भन्ने हो । सामाजिक पक्षबाट धेरै कामहरू पनि गरिसकेका छौँ । अहिले हामी नेपालको पर्यटन र संस्कृति प्रवद्र्धन गर्ने अभियानमा छौं । नेपालको हरेक समस्यामा एनआरएनएले सकेको सहयोग गरि रहेको छ । नेपालमा प्राकृतिक विपत्ती आईपर्दा सहयोग गरिरहेका छांै, चाहे सानो होस वा ठूलो सहयोग होस तर, सहयोग भनेको सहयोग मात्र हैन यो भावनात्मक रुपमा नजिक पार्ने माध्यम पनि हो । जिम्मेवारीपूर्वक एनआरएनले नेपालमा सकेको सहयोग गर्दै आइरहेको छ । एआरएनको मुख्य उद्देश्य भनेकै जन्मभूमिप्रति आफ्नो कर्तव्य निर्वाह गर्नेे हो । अहिले हामीले जाजरकोटमा एउटा सुविधा सम्पन्न सभाकक्ष जस्तो प्रविधिमैत्री भवन बनाउँदै छांै । मलाई यस्ता सामाजिक कार्यमा लागेर धेरै खुसी मिलेको छ । त्यो खुसी मैले व्यपार व्यवसाय मात्र गरेको भए सायद पाउन सक्ने थिइनँ होला । म अहिले एकदम सन्तुष्ट छु । नेपालमा आएको प्राकृतिक विपत्ती भूकम्पपछि झनै मेरो समाजप्रतिको धारणा परिवर्तन भएको छ । समाज प्रतिको जिम्मेवारी अझबढी बोध भयो । जसले गर्दा, मलाइ यो अभियानमा निरन्तर लाग्न थप उत्साह र प्रेरणा मिलेको छ । समाजमा हामीले अझैं धेरै योगदान गर्न बाँकी छ । जसका निम्ती थप सक्रिय र प्रतिबद्ध भएर निरन्तर सामाजिक कार्यमा आफूलाई समर्पित गरिरहन प्रतिबद्ध छु ।

यहाँ बेल्जियम रहनुभएको लामोसमय भयो, यहाँले आफ्नो जन्मभूमि र गाउँघरको लागि के काम गर्नुभयो ?
स्वभावैले मानिसलाई आफ्नो जन्मभुमी भने पछि सम्मान लाग्छ । हामी एनआरएन अभियन्ताहरु नेपाललाई सहयोग गर्ने भनेर लागेका छौं । त्यसमाथी पनि आफ्नो जन्मस्थानको लागि झनै गर्नु पर्छ जस्तो लाग्छ । मैले आफ्नो जन्मभूमिमा पनि केही सामाजिक कामहरू गरेको छु । आफ्नो जन्मभूमिको लागि २०७२ सालको भूकम्प पश्चात् २७ जना विशिष्ट डक्टरहरूको समूह लगेर स्थानियहरुलाई उपचार गर्न मद्दत गरें त्यसै गरि भूकम्पको बेलामा गोरखा र धादिङमा खाद्यन्न लगायतका अतिआवश्यक बस्तुहरु वितरण गरें, आफूले अध्ययन गरेको गाउँको बिद्यालय निर्माण, मन्दिर निर्माण, खानेपानी निर्माण जस्ता अन्य धेरै कामहरु गरेको छु । अझै धेरै कामहरू गर्न बाँकी छ । साथै व्यावसायिक रूपमा पनि मैले आफ्नो देशमा धेरै भन्दा धेरै विदेशी लगानी भित्र्याउन पहल गरिरहेको छु । नेपालका विभिन्न हाइड्रो कम्पनीमा लगानी गर्दैछु । अब युरोपमा भन्दा आफ्नै देश नेपालमा लगानी बढाउँदै छु । बेल्जियममा उत्पादीत बियर कानूनी प्रकृया पुरा गरि व्यवसायीक रुपमा नेपालमा पनि आयात गर्दै छु ।

नेपालीहरुका लागि युरोपमा हाल के–कस्ता समस्याहरू छन् ?
वास्तवमा भन्ने हो भने युरोपेली मुलुकमा वैधानिक हिसावले बसेका नेपालीहरुको लागि खास कुनै समस्या छैन । यहाँ हरेक समस्याको प्राथमिकताको आधारमा तत्कालै समाधान हुन्छ । यहाँ सिस्टमले तत्कालै हरेक समस्याको समाधान गरिदिन्छ । तर, दुःखद कुरा के मात्र हो भने– नेपालबाट युरोप के के नै हो भनेर आउनु हुन्छ तर सोचेको जस्तो हुँदैन । त्यसले गर्दा नेपालीहरू आफ्नै मनोगत समस्यामा फस्छन । अहिले पछिल्लो समयमा पोर्चुगल, पोल्यान्ड, चेक जस्ता देशहरूमा भने केही समस्याहरू देखा पर्न थालेका छन् । नेपालीहरू अलपत्र परेको भन्ने सुनिन्छ । यस्ता समस्याहरूलाई नेपाल सरकारले नै मिहिन रुपमा अनुगमन गर्नुपर्छ । पहिला आउनेहरूका लागि युरोपमा राम्रो सम्भावना र अवसरहरू थिए तर अहिले युरोप आउनेलाई सोचे जस्तो राम्रो छैन । त्यसर्थ, नेपालीहरु युरोप आउने हो भने राम्रोसंग बुझेर मात्रै आउनु होला भन्ने मेरो सुझाव छ ।

यहाँका सफलताका गोप्य सुत्र के हुन ?
वास्तवमा भन्ने हो भने सफलताको त्यस्तो कुनै गोप्यसुत्र हुन्छ जस्तो मलाई लाग्दैन । यद्यपि, यदि त्यस्तो कुनै सूत्र हुन्छ भने निरन्तर लगनशीलता, इमानदारीता, अनुशासन, क्रियाशीलता र धैर्यता नै हो र मेरो सफलताको अर्को महत्पूर्ण पक्ष भनेको मेरो परिवारीक साथ, सहयोग र समर्थन नै हो । मेरो युरोप प्रवेश आफ्नै प्रकारको दुःखले हो र आफ्नै दुःख, सङ्घर्ष र जीवनसंगिनी एवं परिवारको सकारात्मक साथ सहयोगले जीवनमा खुसी, सन्तुष्ट र सफलता प्राप्त भएको हो ।

यहाँको बुझाईमा युरोप त्यति धेरै विकासित हुनुको रहस्य के रहेछ ?
विधी र बिधानमा रहेर काम गर्ने हो भने सबै कुरो सहज र सम्भव हुन्छ । युरोप विकासको मुख्य कारण कानुनको पूर्ण पालना नै हो । यहाँ व्यवस्था एकदम सुन्दर छ । हाम्रो देशमा जस्तो हरेक काममा झन्झट बेहोर्नु पर्दैन । नेपालमा जताततै झन्झटिलो प्रक्रिया भएकोले समस्या भई रहेको छ । कानूनी प्रकृयाका कुरा धेरै तर कार्यान्वयन आफुखुसी भएकोले पनि समस्या छ । विदेशीहरु नेपालमा लगानी गर्न चाहन्छन् तर यहाँ लगानीको सुरक्षा वा ग्यारेन्टी केही छैन । युरोपमा भने हर लगानीको ग्यारेन्टी छ । युरोपमा व्यपार व्यवसाय गर्न धेरै सहज र सरल प्रक्रिया छ । बेल्जियममा धेरै नेपाली व्यापारीहरु हुनुहुन्छ । नेपालमा पनि कानूनको प्रभावकारी कार्यान्वयन र पालना भएमा विश्वभरबाट हजारौँ विदेशमा रहेका नेपालीहरू स्वदेशमा लगानी गर्न रातारात आउन तत्पर भएर बसेको मैले पाएको छु ।

यहाँको नेतृत्वमा बेल्जियममा १२ औं नेपाल महोत्सव आयोजना गर्नुभयो, समग्र कार्यक्रम कस्तो रह्यो ?
बेल्जियममा गैरआबासीय नेपाली संघ बेल्जियमले हरेक बर्ष आयोजना गर्दै आएको नेपाल फेस्टिबल बेल्जियमको सुन्दर शहर सेन्ट निकलासमा जुलाई २७ तारिख शनिबार सम्पन्न भयो । नेपाललाई आफ्नो कर्मभुमिमा चिनाउने र पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले आयोजना गरिएको नेपाल महोत्सवमा बेल्जियममा सक्रिय नेपाली समुदायका संघ संस्था र नेपाली राजदुताबासले पनि सहकार्य र सहयोग ग¥यो । बिभिन्न नेपाली जातीय, सांस्कृतिक झाँकी प्रदर्शन, मौलिक नेपाली नृत्य तथा गायन, नेपाली खानाको बितरण र प्रचार प्रसार भयो । मेलामा स्थानीय कलाकारहरु र नेपालकी लोकप्रिय गायिका नलिना चित्रकार पनि सहभागी हुनुभएको थियो । महोत्सवमा नेपाल भ्रमण वर्ष २०२० को प्रचार प्रसारलाई बृहत रुपमा जोड दिईयो । कार्यक्रममा बालुवाद्वारा निर्मित नेपाली चित्रकारको कलात्मक चित्रहरु समेत प्रर्दशन गरियो । महोत्सव व्यबस्थापनका लागि उपाध्यक्ष योगिता थापाको तयारी समिती र अन्य उप समितिहरुले सकृयता पूर्वक काम गर्नु भयो । सबैको सकारात्मक सहयोग र सहभागिताले गर्दा मेला भब्यरुपमा सम्पन्न भएको छ । कार्यक्रम मौलिक र साँस्कृतिक भएकोले स्थानीय नागरिक र स्थानीय सरकारको तर्फबाट सहयोग रह्यो । महोत्सव सम्पन्न गर्न बेल्जियमका लागि नेपाली राजदुत लोकबहादुर थापाले सेन्टनिकलास शहरका मेयर लिएभेन देहन्दसुचरसँग समन्वय गरि सहयोग गर्नु भयो ।

अन्त्यमा युरोप भेलाको अवसरमा बिश्वभर रहनु भएका एनआरएनएहरुलाई के भन्न चाहानु हुन्छ ?
विश्व सम्मेलन अगाडी सम्भवतः यो अन्तिम भेला हो । यस कार्यक्रममा धेरै देशका एनआरएनएहरुको सहभागिता रहने छ । यो कार्यक्रम ईटालीको रोममा हुँदैछ । यस अवसरमा सम्पुर्ण एनआरएनएहरु र आयोजकहरुलाई बिशेष धन्यबाद सहित कार्यक्रम सफलताको शभुकामना दिन चाहन्छु र निकट भविष्यमा नै काठमाडौंमा हुने ग्लोबल कन्फेरेन्समा सहभागी हुन सबैलाई आग्रह गर्दछु । ग्लोबल कन्फेरेन्स हामी एनआरएनएहरु बिच एक अर्कामा भएका बिचार सीप आदान प्रदान गर्ने साझा चौतारी पनि हो । तसर्थ म सम्पुर्ण एनआरएनए मित्रहरुलाई ग्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here