जनकपुरधाम, साउन २६ गते। २०७६ सालको कक्षा १२ को परीक्षामा नेपाल उत्कृष्ट गरेकी आँचल कुमारी साहलाई सम्मान गरिएकोछ । महाराज सागर युवा संगठनले शनिबार एक कार्यक्रमको आयोजना गरी आँचल कुमारी साहलाई सम्मान गरेको हो ।

विज्ञान संकायमा देशमै 3.92 GPA ल्याएर उत्कृष्ट गरेकी साहलाई नगद ५१ सयसहित सम्मान गरेको छ । उपमहानगरपालिका वडा नं. १९ बस्ने शम्भु साहकी छोरी जनकपुरको मोडेल माविमा अध्ययनरत्त थिइन् । आँचलको आमा रिता साहले खुसी व्यक्त गर्दै भनिन् मेरो छोरी पहिलादेखि नै मिहिनेती र लगनशील थियो ।

स्कुलमा समेत पहिलो श्रेणीमा पास गर्दै आएको थिइन ।उनले अहिले जनकपुरको एउटा बेटीले उत्कृष्ट गर्दा उसलाई हौसला बढाउनेको आवश्यकता रहेको बताए । मेरो छोरी अहिले नेपालमा उत्कृष्ट गरेको छ, तर पछि गएर विश्वमा उत्कृष्ट गर्ने आशा राखेको उनले बताए । आइएससीमा फिजिकल ग्रुप लिएर पढेकी आँचलको कम्प्युटर इन्जिनियर बन्ने सोच छ । आँचलले इन्जिनियरिङको प्रवेश परीक्षा समेत दिईसकेकी छिन । उनले यहाँ सम्म पुर्याउनुमा मेरो परिवार र शिक्षकको ठुलो योगदान रहेको बताइन ।

जनकपुरधामको विद्यार्थीले देशमा उत्कृष्ट गरेकोमा अभिभावक, शिक्षक, विद्यालय परिवारले बधाई ज्ञापन समेत गरेको छ । प्रदेश २ मा शिक्षाको स्तर कमजोर भइहेको बेला आँचलको आँटले छात्रछात्रालाई लगनशिल हुन प्रेरित गर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here