नेशनल मेडिकल कलेज वीरगंजले हावाहुरीपीडितको उपचारबापत नक्कली बिल बनाएर प्रदेश सरकारसँग रु ३१ लाखभन्दा बढी लिएको छ ।

श्रावण २६, २०७६जिल्ला प्रशासन कार्यालय, पर्साको सिफारिशमा प्रदेश सरकार अन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सो कलेजलाई रु ३१ लाख ३८ हजार दिएको छ ।

जिल्ला प्रशासन कार्यालय, पर्साले चैत १७ गते आएको हावाहुरीबाट घाइतेको उपचारको लागि प्रदेश सरकारसँग जेठ १९ गते विपद् व्यवस्थापन समितिको बैठकले नेशनल मेडिकल कलेज बिरामीसहितका २३३ को उपचार खर्च २० लाख ६९ हजार, गण्डक  हस्पिटल बिरामी सङ्ख्या ५८, उपचार खर्च रु ४ लाख ९८ हजार, एलएस न्युरो बिरामी सङ्ख्या २०, उपचार खर्च १२ लाख ५ हजार, वीरगंज हेल्थकेयर बिरामी सङ्ख्या ५५, उपचार खर्च १३ लाख ६३ हजार, नारायणी अस्पताल बिरामी अस्पताल ३४६, उपचार खर्च रु ८ लाख ८० हजार गरी रु ६३ लाख भुक्तानी गर्न पत्राचार गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय, पर्साको पत्र सं. १७१८४ को अनुसार जेठ १९ गतेसम्म नेशनल मेडिकल कलेजले २३३ जनाको उपचार गरिसकेको र एकजना उपचारार्थ अवस्थामा रहेको पत्रमा उल्लेख छ । तर कलेजले दोहोरो पत्र बनाएर २२ जना बिरामीको थप रु ११ लाख बुझेको देखिन्छ ।

दैवी प्रकोप उद्धार समिति, पर्साले सिफारिश गरेको मितिमा कलेजमा एकजनामा उपचाररत रहेको देखिए तापनि पुनः २२ जना बिरामी कहाँ आए जिल्ला प्रशासन कार्यालय, आपैm अनभिज्ञ देखिन्छ । जिप्रकाले दोहोरो पत्र पठाएको आधारमा मुख्यमन्त्रीको कार्यालयले रकम भुक्तानी दिएको जनाएको छ ।

प्रमुख सचिव दीपक सुवेदीले जिल्ला प्रशासन कार्यालय, पर्साको दोस्रो पत्रको आधारमा रकम भुक्तानी दिएको जानकारी दिए । तर पहिलोपत्रमा एकजना मात्र उपचार गराइरहेको अवस्थामा २२ जनाको उपचार भएकोबारे जिज्ञासा राख्दा उनले आपूmलाई जानकारी नभएको प्रतिक्रिया दिए ।

गृह मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा नेशनल मेडिकल कलेजले जम्मा २३२ जनाको उपचार गरेको देखिन्छ । नेपाल सरकारको तथ्याङ्कमा पनि सो बराबर उपचार भए तापनि प्रदेश सरकारबाट गुपचुप २५५ जनाको उपचार खर्च भुक्तानी गरेको देखिन्छ । prateekdaily.comबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here