जनकपुरधाम, साउन २८ गते ।

व्यापक भ्रष्टाचार गरेको भन्दै महोत्तरीको पिपरा गाउँपालिका वडा नं. १ को वडाकार्यालयमा स्थानीयबासिन्दाले तालाबन्दी गरेका छन् । मंगलबार दिउँसो समाजवादी पर्टीका स्थानीय नेता राहुलकुमार पाण्डेको नेतृत्वमा स्थानीयहरुले वडा नं. १ कार्यालयमा तालाबन्दी गरेका हुन् ।

वडा नं. १ का अध्यक्ष किशोरी महतोले वडामा गरेको विकास निर्माणको काममा व्यापक अनियमितता गरेको र केहि योजनाको काम नै नगरी कागजमा काम सम्पन्न गरेर रकम भुक्तानी गरेको स्थानीयको आरोप छ ।

भ्रष्टाचारको विषयमा छानविन गरी दोषीमाथि कार्वाही नभएसम्म तालाबन्दी जारी रहने युवा नेता पाण्डेले बताए ।
झण्डै २ सयको संख्यामा स्थानीयबासिन्दाले नाराबाजी गर्दै कार्यालयमा पुगेर तालाबन्दी गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here