जनकपुरधाम, साउन २९ गते ।
वीरगञ्जबाट प्रहरीले सवारी चालक अनुमतिपत्रका लागि लिखित परीक्षा पास गराइदिन्छु भनी रकम लिने एक युवकलाई पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका वडा–१५ लक्ष्मणवाका २४ बर्षका सागर तुलाधरलाई प्रहरीले पक्राउ गरेका छन् । तुलाधर विरुद्ध मोटरसाईकल तथा चार चक्काको गाडीको लिखित परीक्षा पास गराइदिन्छु भनी ३० हजार रुपैयाँ लिएको आरोप लागेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
गत साउन ३ गते वीरगञ्ज वडा(३१ बेल्वा प्रसौनी बस्ने २० बर्षीय रेयाज अन्सारीले सागरविरुद्ध उजुरी दर्ता गरेका थिए । सोही उजुरीकै आधारमा वडा प्रहरी कार्यालयबाट खटिएको टोलीले रेयाजलाई पक्राउ गर्न सफल भएको थियो ।

तुलाधरलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here