हेटौंडा, ३१ साउन हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ नेवारपानीमा बस अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १५ जना घाईते भएका छन् ।

आज बिहान साढे २ बजेतिर काठमाण्डौबाट रौतहट तर्फ जाँदै गरेको ना ५ ख २२३३ नम्बरको यात्रुबाहक बस सडकमा आफै पल्टँदा एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले बताए ।

पूर्ब पस्चिम राजमार्ग अन्तरगत नेवारपानीमा बस पल्टिएर बिजुलीको पोलमा ठोकिदा मानविय क्षती हुन पुगेको हो । मृत्यु हुनेमा सर्लाही जिल्ला रामनगर बोरहवा गाउँपालिका वडा नम्बर ५ बस्ने ५८ बर्षिय मुकेश शर्मा रहेको एसपी सिंहले जानकारी दिए ।

घाईतेहरु मध्ये ४ जनाको भरतपुर अस्पतालमा, ३ जनाको हेटौंडाको चुरेहिल अस्पतालमा र अरु ८ जना चुरेहिल अस्पतालमा उपचारपछी घर फर्किएको प्रहरीले जनाएको छ ।

सभार :हेडौडाटाइम्स

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here