श्रावण।म्याग्दीको बेनी नगरपालिका वर्डा नम्बर २ का अध्यक्ष हिराबहादुर थापालाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित समूहले कालोमोसो दलेर दुर्व्यवहार गरेको छ।

विप्लव समूहका केही व्यक्तिहरूलाई उनलाई वडा कार्यालयमा नै बिहीबार दुर्व्यवहार गरेका हुन् । उनीहरूले कालोमोसो दलेर र चप्पलको माला लगाएका छन् । वडामा विभिन्न विकास निर्माणको काममा भ्रष्टाचार गरेको आरोप लगाउँदै उनीहरूले कालोमोसो दलेको नेकपाका पोखराका एक नेताले जानकारी दिए ।

वडामा आएको बजेट हिनामिना गरेको, राजस्व संकलनमा मनलाग्दी गरेको, आफन्तलाई छुट दिएर अरुबाट कर लिएको भनेर वडाअध्यक्षलाई त्यस्तो गरिएको नेकपाले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here