धादिङ, ७ असोज । गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय परिषदको ९ औं अधिवेशनमा सह कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका अन्तराष्ट्रिय छवि बनाएका लोकप्रसाद दाहालले पाँच प्रतिवद्धता सार्वजनिक गरेका छन् ।

गैर आवासिय नेपाली संघ बेल्जियमको नि वर्तमान अध्यक्ष समेत रहेका दाहाल विपद परेकोे ठाउँमा राहात लिएर विश्वभर पुग्दै आएका छन् । नेपालमा स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएका दाहालले महाभुकम्प गए देखि स्वास्थ्य, शिक्षा र पुनरनिर्मामा महत्पपूर्ण भुमिका निभाएका थिए ।

परोपकारी कामको दौरानमा पछिल्लो समय आफ्नै जन्मथलो धादिङ बुढाथुममा ७२ लाख खर्च गरि बद्री विशाल माध्यमिक विद्यालयको पक्की भवन निर्माण गरेका छन् ।

प्रवासमा रहेका नेपालीहरुमा लोक प्रिय दाहालले सह-कोषाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्दै उनले संघलाई आर्थिक रुपमा पारदर्शी र मितव्ययी बनाई आन्तरिक लेखा प्रणाली र अत्याधुनिक प्रविधियुक्त लेखाप्रणालीको विकास गर्ने बताएका छन् ।

Image may contain: Dahal Lok Prasad

यस्ता छन् लोक प्रसाद दाहालका पाँच प्रतिवद्धता

१. एनआरएनए लाई वास्तविक रुपमा सबै गैर आवासिय नेपालीहरुको सबल, सक्षम, विश्वासिलो, भरपर्दो र क्रियाशील संस्थाको रुपमा विकास गराउने ।
२. संस्थालाई आर्थिक रुपमा पारदर्शी र मितव्ययी बनाई आन्तरिक लेखा प्रणाली र अत्याधुनिक प्रविधियुक्त लेखाप्रणालीको विकास गर्ने । सभ्य समाज र भ्रष्टाचारमुक्त परिवेशको सिर्जना गर्ने ।
३. नेपाली अर्थतन्त्रको एक मुख्य हिस्सेदार मध्यपूर्वलाई विशेष प्राथमीकतामा राखी त्यहाँ कार्यरत नेपालीहरुको अधिकारको लागि आवाज उठाउने । सुरक्षित बैदेशिक रोजगारीको प्रत्याभूति प्रदान गराउने। दुबई, कतार, साउदी जस्तो नेपाली जनसंख्या धेरै भएको ठाउमा सबैलाई सजिलो पर्ने ठाउँमा कन्सुलर सेवा राख्ने
४. विश्वमा नेपाल चिनाउन र मुलुक सम्वृद्ध गराउने अभियान भिजिट नेपाल २०२० लाई सफल पार्ने ।
५. नेपालको विकास र समृद्धिमा एनआएनएहरुको सिप, अनुभव, पूँजी र लगानीलाई अधिकतम सदुपयोग गराउने । सामाजिक सेवाका कामहरुलाई कर्तव्य र दायीत्वका रुपमा अंगिकार गर्दै व्इापक जनसहभागिताको साथमा सम्पन्न गर्ने पुराना योजनाहरूलाई निरन्तरता दिँदै सफल गराउने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here