रौतहट, १० असोज । नेपाल युवा परिषद् र भिजिट मधेश रौतहटको संयुक्त आयोजनामा आज शुक्रवार बिहानै ईशनाथ नगरपालिकाको कुडिया स्थित शिवालय मन्दिर परिसरमा सरसफाई गरिएको छ ।
विश्व पर्यटन दिवसको अवसरमा नेपाल युवा परिषद र भिजिट मधेशको केन्द्रिय कार्यक्रम अनुसार नेपालका ७७ जिल्ला जस्तै रौतहट जिल्लामा पनि भव्य सरसफाई गरिएको छ ।


पर्यटन दिवस भब्यताका साथ सफल पारौ मुल नाराका साथ बृहत सरसफाइ कार्यक्रममा प्रमुख अतिथि समाजवादी पार्टी नेपाल प्रदेश नं २ का सदस्य तथा रौतहट क्षेत्र नं २ का सांसद प्रत्यासी युवा नेता किरण कुमार साहले समाजको बिकृति बिसंगतीलाई हाम्रो हटाउनु पर्छ । शिक्षा, स्वास्थ, कृषि सडक, विधुत लगायत अन्य भौतिक कार्यको तुलनामा देशकै पछाडी परेको क्षेत्र नं २ नै हो । यहाँको जनताले अहिले सम्म विकास सुनेको छ त हेर्ने पाएको छैन त्यसको लागि समयमा आफनो सोचमा परिवर्तन ल्याउन नेता साहले जोड दिएका छन । देशको आर्थिक आर्य आर्जनमा सबभन्दा बढी महत्व दिने पर्यटन नै हो । धेरै पर्यटकीय धरोहर यहाँ रहेको हुदा पनि संरक्षण हुन नसकेको कारणले ऐतिहास मेटिरहेको बताएका छन । सम्बन्धित निकायहरुको कारण पछाडी परेको नेता साहले बताए ।


यो ठाउँको संस्कृति मठ, मन्दिर, मस्जिद, ईदगाहलाई सबै समुदायको व्यक्तिहरुले मिलेर एक अभियान अन्तरर्गत संचालन गरी अगाडी बढाउन आ आफनो दायित्व निर्वाह गर्न नेता साहले आग्रह गरे । सबैले आ–आफ्नो घरबाटै सरसफाईको शुभारम्भ गर्नु पर्नेमा जोड दिएका थिए । हप्तामा कम्तिमा एक पटक (शनिवार)को दिन आफ्नो घर, टोल, समाजमा सरसफाई गरे विभिन्न रोगहरुबाट बच्न सकिने बताए ।


कार्यक्रममा अध्यक्षता राजु साहले गरेको थियो । कार्यक्रममा बिशिष्ट अथिति ईशनाथ न.पा. वडा ८ का वडाअध्यक्ष शेख चाँद अलि, शास्त्र प्रहरी बेस क्याम्प रामपुर खापको प्रहरी निरिक्षक काजीमान श्रेष्ठ, इ.प्र.का.राजपुरका इन्चार्ज प्रहरी नायब निरीक्षक दिपक गुप्ता, भिजिट मधेश नेपालका जिल्ला संयोजक तथा रिपोर्टर्स क्लब नेपालका जिल्ला अध्यक्ष अभिमनु कुमार पटेल लगायतको बिशेष उपस्तिथिमा सम्पन्न भएको थियो ।

Image may contain: 1 person, child, grass, outdoor and nature

Image may contain: one or more people, people standing and outdoor

Image may contain: one or more people, people standing, outdoor and nature

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here