सिरहा, असोज २७ गते । सिरहामा छिमेकी एक किशोरीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिका ८ का मोहम्मद रहिम मन्सुर रहेका छन् ।

गत शनिबार राति घरमा कोही नभएको मौकापाई एक १४ वर्षीया किशोरीलाई जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा मन्सुरीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

घरमै प्रवेश गरी मुख थुनेर जबर्जस्ती करणीको प्रयास गरेको र बालिका चिच्चाएपछि स्थानीयवासीले किशोरीलाई उद्धार गरेका थिए । उद्धार गरिएकी बालिकाको जिल्ला अस्पताल सिरहामा स्वास्थ्य परीक्षण गराइएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक सुकदेव खनालले बताउनुभयो ।

पीडित बालिकाले दिएको उजुरीका आधारमा युवकलाई नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here