रौतहट, असोज २८ गते । २१ जनाको ज्यान जानेगरी भएको बम काण्डमा आरोपमा पक्राउ परेका निलम्बित सांसद अफ्ताव आलममाथि अनुसन्धान गर्न ७ दिन म्याद थपेको छ ।

नेपाली काँग्रेसका निलम्बित सांसद आलममाथि जिल्ला अदालत रौतहटका ५ नम्बर न्यायधिश चित्रबहादुर गुरुङको एकल इजलासले सात दिनको म्याद थप गरेको हो । आलमलाई हत्या आरोपमा गत आइतबार प्रहरीले पक्राउ गरेको थियो । रौतहट क्षेत्र नम्बर २ बाट काँग्रेसबाट प्रतिनिधिसभामा निर्वाचित सांसद आलम पक्राउ परेपछि उनलाई सांसद पदबाट निलम्बन समेत गरिएको छ ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा राजपुर फरहदवास्थित आलमको निवासमा वम बनाउँदै गर्दा अचानक पड्किएर झण्डै दुई दर्जन व्यक्ति घाइते र मृत्यु भएका थिए । उक्त घटनामा घाइते भएकालाई आलमको निर्देशनमा इँट्टा पोल्ने भट्टीमा हालेर मारिएको उनीमाथि आरोप छ । मृत्यु भएका भनिएका मध्ये दुई जना नेपाली र बाँकी १९ जना भारतीय नागरिक थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here