महोत्तरी, ३० असोज । महोत्तरीमा घुस सहित प्रहरी सहायक निरिक्षक (असइ) पक्राउ परेका छन् ।

कठुधार प्रहरीचौकीका इन्चार्ज बृजेश कुमार चौधरीलाई १३ हजार घुस रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगेहात पक्राउ गरेको हो ।

भारतीय बजारबाट ल्याएको समान सिमाक्षेत्रमा पास गराइदिने भन्दै व्यापरिसँग १३ हजार रुपैँया मागेको उजुरीको आधारमा बर्दिबासस्थित आयोगबाट खटिएको टोलीले चौधरीलाई पक्राउ गरेको हो ।

चौधरीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भइरहेको अख्तियार दुरुपयोग आयोगको बर्दिबास कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here