राकेश यादव / ३० असोज रौतहट निर्वाचन क्षेत्र नम्बर २ को ख विधान सभाका प्रदेश २ को प्रदेश सभा सदस्य राम किशोर यादवले पार्टी भित्रको विबाद उच्च नेतृत्व तहबाट समाधान नगरिएमा पार्टी कमजोर हुने भएकोले यस प्रति केन्द्रीय नेताहरुको गम्भीर हुनु पर्ने बताउनु भएको छन !

बुधवार सदरमुकाम गौर स्थित उद्योग वाणिज्य संघको सभा हलमा आयोजित पार्टी समायोजन घोषणा कार्यक्रममा भएको विबादको विषयमा विहिवार संचारकर्मी हरु सित कुराकानी गर्दै प्रदेश सदस्य यादवले यस्तो धरना व्यक्त गरेका हुन ! पार्टी समायोजन घोषणा को कार्यक्रममा पार्टीका प्रदेश अध्यक्ष एवं प्रदेश २ का आर्थिक मामिला तथा योजना मंत्री विजय यादव र भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मंत्री योगेन्द्र राय यादवले विधान विपरीत जिल्ला कार्य समितिको पदाधिकारीको घोषणा गर्दा पार्टीका ५० जना कार्यकर्त्ताहरुले सभाहल मै हल्ला बबाल गर्नुको साथै कुर्सी हाना हान गर्न लाग्दा २ भान प्रहरी बोलाएर अर्थ मंत्री यादव १३ जनालाइ शपथ ग्रहण गराएको कारण रौतहटमा पार्टी भित्र मतभेद उत्पन्न भएको हो ! असंतुस्ट पक्षले सामानांतर जिल्ला कार्य समिति समेत घोषणा गर्ने तयारीमा तलीन भएका छन ! प्रदेश संसद यादवले जिल्ला कमिटीले गर्नु पर्ने कार्य प्रदेश कमिटीले गरेको प्रति पार्टीका जिल्ला सदस्यहरु आक्रोशित भएकोले विबाद समाधान गर्न केन्द्रीय नेताहरुलाइ आग्रह समेत गरेका छन !

उहाले कार्तिक २ गते हुने पार्टी अध्यक्ष उपेन्द्र यादवको कार्यक्रम भव्य रुपमा सफल बनाउन पार्टी कार्यकर्त्ता सित अपील समेत गरेका हुन ! कृषि राज्य मंत्री योगेन्द्र यादव प्रति लक्षित गर्दै सांसद यादव आफ्नो स्वार्थ पूरा गर्न फोरमबाट सदभावना , राजपा र फेरी फोरममा प्रवेश गर्नेको कारण पार्टीमा कुनै असर नपर्ने जिकिर गरे ! स्वार्थ पूरा नभएमा फेरी पार्टी छोडेर भाग्ने एक व्यक्तिले कुनै फरक नपर्ने भन्दै सांसद यादवले समाजवादी पार्टी नेपाल भविष्यमा देशको ठूलो शक्तिशाली पार्टी बन्ने देवी गरेका छन ! राज्य मंत्री यादवले सामाजिक संजाल मार्फत नेपाली कांग्रेसको चोलो ओढ़ेर नक्क्ली समाजवादी बन्न खोजेको टिपण्णी गरे पछि सांसद यादवले यस्तो प्रतिक्रिया दिएका छन ! आपहु ठूलो जनप्रेमी नेता भएको जनतालाइ भ्रम छर्दै आएका राज्य मंत्री यादवको कारण पार्टी कार्यकर्त्ताहरु आक्रोशित हुनुको साथै दुइ गुटमा विभाजित भएको छ ! प्रदेश सांसद यादवले पार्टी भित्रको गुट उपगुट हुनुले संगठन कमजोर हुनु को साथै जनताको विश्वास गुमने अवस्था रहेकोले समय मै विबाद समाधान गर्नु पर्ने धारण राखे !

आफ्नै पार्टीको उम्मीदवार हराउने राज्य मंत्री यादव रहेको पूर्व उपाध्यक्ष यादव राकेश यादव / ३० असोज समाजवादी पार्टी नेपालका पूर्व रौतहट जिल्ला कार्य समितिको उपाध्यक्ष श्याम विहारी यादवले प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मंत्री योगेन्द्र यादव पार्टी विध्वंस गर्न खोजेको आरोप लगाएका छन ! उहाले राज्य मंत्री यादव अरु माथि कांग्रेसी रहेको आरोप लगाउदै हिडिरहेको भन्दै आफै पार्टीको उमेदवारलाइ हराउने कार्य गरेको राज्य मंत्री यादवको कार्य शैलीको कारण पार्टी कमजोर हुनु बताए ! स्थानीय निर्वाचनमा राजदेवी नगरपालिकाका नगर प्रमुख रामेश्वर यादवलाइ पराजित गर्नको लागि नेपाली कांग्रेसको उम्मीदवार सित मत विक्री गरेको समेत यादवले खुलासा गरेका छन !

पार्टीको उमेदवारलाइ हराऊंन राज्य मंत्रीले दोहरो रोल निर्वाह गरेको समेत दावी गर्दै यादवले रौतहटमा पार्टी भित्र मतभेद सृजना गर्ने कार्य समेत गरेको उल्लेख गरेका छन ! स्थानीय निर्वाचनमा राज्य मंत्री यादवले नेकपा एमालेका उम्मीदवार , नेपाली कांग्रेसका उम्मीदवार तथा पार्टीका उम्मीदवार सित रकम लिएको समेत उनले बताएका छन ! निर्वाचनमा नेपाली कांग्रेसका उम्मीदवार विजयी भएका थिए भने एमाले र फोरमका उम्मीदवार पराजित भएका थिए ! आफ्नो स्वार्थको लागि समय परेको बेला खुट्टा समाउन पछि समेत हटने राज्य मंत्री यादवले प्रदेश सरकारको योजनामा समेत विभेद गरेको बताएका छन !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here