रौतहट , २ कार्तिक । समाजवादी युवा फोरममा लामो समय सम्म क्रियाशील रहेका युवा लखिन्द्र प्रदेश २ सरकारका कृषि भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री राय यादवले विभेद गर्दै समितिमा नाम समेत नराखेको आरोप लगाएका छन ।

Image may contain: 6 people, people smiling, closeup
एक बर्ष सम्म आश्वासन दिदै आफ्नो कथित स्वकीय सचिवको रुपमा काम गराएको राज्यमन्त्री यादवले पार्टी एकता पछि जनकपुरमा भएको समाजवादी युवा फोरम र नया शक्तिको युवा संगठनको एकतामा युवा संघका केंद्रीय अध्यक्ष समेत रहेका राज्यमन्त्रीले मेरो योगदानको बेवास्ता गर्दै समितिमा समावेश समेत नगरेको गुनासो गरेका छन ।

Image may contain: 6 people, people standing and outdoor
एकताबाट चुनिएको पदाधिकारीहरुलाई बधाई दिदै युवा नेता यादव विद्यालय जीवन देखि राजनितिक गर्दै आएकोमा पानी राज्य मन्त्री यादवले युवालाइ दमन शोषण गर्ने प्रयास गरेको टिपण्णी गरेका छन । विधान सभा तथा निर्वाचन क्षेत्रको नभएको कारन राज्य मंत्रीय यादवले संघर्षशील युवालाइ उसको भावना सहित खेलवाड़ गरेको समेत आरोप लगाए ।
उनले युवा समितिमा नराख्नुको कारणहरु उनैको शव्दमा म मन्त्री ज्युको चुनाबी छेत्र को थिएन , म मन्त्री ज्यु को अनुसार ठुलो सपना देख्थे , मेरो लोकप्रियता बढ्दै थियोे , आफ्नो गाउँमा अर्थ मन्त्रालयबाट ५० लाखको योजना पारे, म मन्त्री ज्युको अनुसार सिमित भएर बस्न सकिन रहेको जानेका हुन ।

Image may contain: Lucky Vai Yaduvansi, sitting and indoor
लेखिएको कारणले द्वेष भावनाले प्रेरित भएर राज्यमन्त्री यादव समाजवादी युवा संघको प्रदेश सदस्य समेतमा नाम समावेश नगरेको युवा नेता यादवको निष्कर्ष रहेका छन । युवाहरुको योगदानलाई कहिले सम्म दवाएर राख्ने भनी पार्टीका नेताहरु सित प्रश्न समेत गरेका छन ।

Image may contain: 5 people, closeup
यादवले कसैले तह लगाउन खोज्दैमा तह नलाग्ने भन्दै मेरो रगतमा राजनिती बग्छ रगतको बहाव लाई म बाहेक अरु कसैले रोक्न सक्दैन भने दृढ़ता व्यक्त गरेका छन र नेताहरुलाई युवा शक्तिलाइ दवाउने कार्य गरे ठूलो विद्रोह हुने समेत चेतावनी दिएका छन । उनले आज तपाईको दिन छ भोलि मेरो पनि आउछ भने सचेत समेत गराएका छन ।
दुखित भएका युवा यादवले भने पद र सत्ताको आड़मा योगदानको कदर नगर्ने नेताको भोलिको दिनमा जनताले हिसाव लिने छन ।

राज्यमन्त्री यादवले आफन्तलाई प्रदेशको कृषि मन्त्रालयबाट किसानको नाममा अनुदान स्वरुप आएको टैक्टर दिएको छ भने विगतमा सहकारीको धेरै जसो योजना रकमी चलखेलको आडमा आफनो आसेपासेको सहकारी संस्थामा दिएको सबैलाई अवगत नै रहेको यादवले आरोप लगाएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here