रौतहट, ५ कार्तिक । १२ वर्ष अघि भएको रौतहट जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गतको राजपुर फरहदवा बम विस्फोटको घटना अहिले निकै चर्चित बनेको छ ।

पहिलो संविधानसभाको निर्वाचनको बेला मतदानको पूर्वसंध्यामा भएको बम विस्फोटको घटनामा २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट प्रत्यक्ष निर्वाचित सांसद मोहम्मद आफताव आलम पक्राउ परेपछि सेलाइएको घटना पुनर्ताजगी भएको छ । जिल्लादेखि केन्द्रसम्म लगायत स्वदेश र विदेशमा पनि घटनाको चर्चा रहेको छ ।

२०५४ सालदेखि सत्तामा रहदै आएका शक्तिशाली नेताको रुपमा परिचित रहेका पूर्वमन्त्री आलम बम विस्फोटमा पारी घाइते भएका १ दर्जन व्यक्तिलाई ईटा भट्टामा जलाएको अभियोगमा दोस्रो पटक प्रहरी हिरासतमा गएका आलमको कÞानूनी कार्यवाही हुने की नहुने विषयमा स्थानीयहरुदेखि संचारजगत दृस्टि लगाएका छन् । प्रहरी भने १२ वर्ष अघि भएको घटनाको प्रमाण संकलनमा दिन रात खटेको देखिन्छन् ।

वितको असोज २६ गते सर्वोच्च अदालतको आदेशमा इद्रिस गेटबाट पक्राउ परेको आलमलाइ अनुसन्धान गर्नको लागि रौतहट जिल्ला अदालतले ५ दिनको म्याद थप गरेको छ । पहिलो पटक ७ दिनको म्याद थपिएको थियो ।

रौतहटको परोहा नगरपालिकाको मेयर एवं नेपाली कांग्रेसका नेता शेख वकीलले भनिएको समयमा कुनै विस्फोटको घटना नभएको दावी गरेका छन् ।

मंगलवार सदरमुकाम गौर पत्रकारहरुसँग कुरा गर्दै मेयर वकीलले मतदानको पूर्वसंध्यामा मौन अवधि शुरू रहेको तथा मतदान स्थलहरुमा प्रहरीको बाक्लो उपस्थति भएकै बेला बम विस्फोट हुने कुरौ नभएको जिकिर गरेका छन् ।

उनले भने २०६४ चैत्र २८ गते मतदान हुने समय रहेको थियो र २७ गते बम विस्फोट भएको कथित र सुनियोजित घटना सृजना गरिएको छ । उनले थपे त्यहाँ प्रहरी थियो यदि घटना भएको भए त्यही बेला प्रहरी र प्रतिपक्षका उम्मेद्वारहरु दोषीलाई समात्न लगाउँथ्यो तर केहि गरिएन ।

१२ वर्षपछि आएर विपक्षीले मनगढन्त घटनाको संज्ञा दिएर विद्यार्थी जीवनदेखि नै राजनीति गर्दै आएका निःस्वच्छ छविका व्यक्ति आलमलाई राजनीति समाप्त गर्ने षडयन्त्र अनुरूप झूठा मुद्दाको अभियोगमा फसाइएको बताए ।

२०६४ सालमा आधुनिक युग रहेको भन्दै मेयर वकीलले घर नै छतविछत भएको भनिएकोले त्यसको कुनै ठोस प्रमाण अहिलेसम्म रहेको छैन, विस्फोट भएको भए या घर उडाइएको भए फोटो खिचेर कसैले राख्थ्यो त्यस्तो फोटो अहिलेसम्म प्रमाणको रुपमा पेश नभएकोले आलमलाई झूठा अभियोगमा फाइएको ठोकूवा समेत गरे ।

तत्कालीन एमालेबाट उम्मेदवार भएका शैलेन्द्र साहमाथि लक्षित गर्दै मेयर वकीलले विपक्षीले योजना बनाएर नक्कली बम घटना बनाएको बताए । बूथ क्याप्चरिंग गर्ने उद्देश्यले बम बनाउन लगाउने उम्मेद्वारले मतदान हुने दिन आफ्नै घरमा कसरी राख्न सकिने भनी प्रश्न गरे ।

कुनै उम्मेद्वारले बम पड्काएर मान्छे मार्ने योजना बनाउँदा मतदान हुनु ५/७ दिन अगाडी नै ठाउँ ठाउँमा पुर्याउन लगाउँथ्यो मतदान हुने बेला चारैतिर प्रहरी बाक्लो उपस्थितिमा रहेको समय आफ्नै घरमा बम बनाउन लगाउने कुरो विश्वास गर्न लायक नरहेको उल्लेख गरे । मौन अवधिमा कडा सुरक्षा हुने गरेको जिकिर गर्दै त्यो असम्भव रहेको बताए ।
मरेको मान्छे लगेको भनी ट्रेक्टर ल्याइएको प्रति मेयर वकीलले भने प्रहरी बल जवर्दस्ती साक्षी बकपत्र गर्नेदेखि लिएर बनावटी प्रमाणहरु संकलन गरिरहेको बताए । उनले घटना सुनियोजित रहेको र पक्राउ परेको आलम निर्दोष रहेकोले रिहा हुने विश्वास व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here