रौतहट । नेपाली कांग्रेसका नेता मोहमद आफताब आलम पक्राउ प्रकरणका बारेमा भ्रामक समाचार सम्प्रेषण भएको भन्दै जिल्ला प्रहरी कार्यालय रौतहटले आफ्नो ध्यानाकर्षण भएको बताएको छ ।

कार्यालयले शनिवार विज्ञप्ति जारी गर्दै केही अनलाइन न्युज पोर्टलको समाचारले जिल्ला अदालतमा रौतहटमा विचाराधीन मुद्दालाई प्रभावित तुल्याउने कुत्सित मनसाय राखेको दाबी गरेको छ । ‘बहाल कानून र विभागीय नीति, निर्देशन बमोजिम जिल्ला प्रहरी कार्यालयको क्षेत्राधिकार भित्र रहेकोले जिल्ला प्रहरी कार्यालय रौतहटले आलमलाई पक्राउ गरेको घाम जत्तिकै छर्लङ्ग छ,’ विज्ञप्तिमा भनिएको छ ।

तर, आरोपित पक्राउ लगायतको विषयमा जिल्ला प्रहरी कार्यालय रौतहट र जिम्मेवार प्रहरी अधिकारहरु कर्तव्यच्यूत भएको भन्ने आशयका साथै असम्बन्धित कार्यालय र व्यक्तिको प्रसंग सुनियोजित रुपमा जोडिएको समाचार आएको भन्दै कार्यालयले आपत्ति प्रकट गरेको छ । कार्यालयले यस्ता समाचारप्रति विश्वास नगर्न जनसमुदायलाई आग्रह गरेको छ ।

हेर्नुहोस् रौतहट प्रहरीको विज्ञप्ति :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here