सर्लाही ,पुस १८।

पुस १६ गते सोमबार किसानको खातामा पैसा नराखे मिल चल्न नदिने चेतावनी स्वरूप धर्मकाँटामा ताला लगासर्लाहीको गोडैता नगरपालिका वडा न-६ बगदह स्थित महालक्ष्मी सुगर मिलमा बिहिवार (हिजो) वृहद उखु किसान भेला सम्पन्न भएकाे छ ।
उखु किसान संघर्ष समिति सर्लाही क्षेत्र न-४ को आयोजना तथा उखु किसान संघ सर्लाहीका अध्यक्ष कपिलमुनी मैनालीको सभापतित्वमा किसानहरुको जम्मा रकम भुक्तानी गर्नुपर्ने ,नेपाल सरकारले तोकेको दर भाउमा चिनी मिलले बलजफ्ती प्रति क्विन्टल उखुको मोलबाट काटिएको रु ३६ रुपैया ९२ पैसा समेत भुक्तानी गर्नुपर्ने ,मिलले आफ्नो मोनोपोली गरि किसानहरुको उखु तौलबाट १० प्रतिशत देखि २० प्रतिशत सम्मको ढल्टा काटेकोले सोको समेत भुक्तनी गर्नुपर्ने र सरकारबाट पाउनुपर्ने अनुदान वापतको ६५ रुपैया समेत पाउनुपर्ने लगायतका मागहरु राखेर आज बगदह स्थित महालक्ष्मी सुगर मिलको प्रांगणमा किसान भेलाको आयोजना गरिएको हो ।

Image may contain: 1 person, crowd and indoor

प्रदेश न-२ का सांसद अशोक कुमार यादव,संघिय सांसद नागेन्द्र राय,पुर्व सांसद शिवपुजन राय,राजपा नेपालका महामन्त्री सुर्य नारायण ,सहमहामन्त्री राम प्रवेश बैठा, गोडैता नगरपालिकाका मेयर देवेन्द्र कुमार यादव, बलरा नगरपालिकाका मेयर अभय कुमार सिंह , कौडेना गाउँपालिकाका गापा अध्यक्ष रामप्रसाद राय लगायत उखु किसानका अगुवा तथा स्थानीय पिडित उखु किसानहरुको उपस्थितिमा मिल मालिक बिरेन्द्र कनौडियालाई समेत सहभागी गराइ उक्त भेलाको आयोजना गरिएको थियो ।

Image may contain: 8 people, people smiling, people standing, selfie and outdoor
मिल मालिक कनौडियाले डोंगा पुजा भन्दा पहिल्यै ४५ दिनको भित्रमा किसानहरुको बक्यौता रकम उनीहरुको खातामा पठाइसक्ने प्रतिवद्धता सहितको सम्झौता गरेको भएपनि खातामा पैसा नगएपछि किसानहरुलाई आन्दोलनमा उत्रिनु परेको गोडैता नपाका मेयर यादवले बताए ।उखु किसान र चिनी मिल बिच नङ मासुको सम्बन्ध रहेकोले किसानहरुलाई आर्थिक मार नपर्ने गरि उनिहरुले उखु बिक्री गरे वापतको पाउनुपर्ने सम्पूर्ण रकमको तत्कालै भुक्तानी गर्नु पर्ने मेयर यादवले भेला मार्फत मिल मालिक कनौडिया सँग आग्रह गर्नुभएको छ ।यस्तै प्रदेश सांसद अशोक कुमार यादवले भुक्तानीको समस्या एक पटकको मात्र नभएर बारम्बार यो समस्या दोहोरीदैं आइरहेको छ बताए ।किसानलाई अन्नदाता भनेर चिनिन्छ , अन्नदातालाई समस्यामा पार्ने मिल संचालकहरुलाई त्यसै नछाड्ने र उखु किसानहरुको भुक्तानी सम्बन्धि समस्याको समाधानका लागि आफु किसान आन्दोलन गर्न समेत पछि नपर्ने प्रदेश सांसद यादवले चेतावनी दिएका छन् ।

Image may contain: 3 people, people standing

भेलाको बिचबिचमा उखु किसानहरु मिल मालिक कनौडियालाई आफुहरुले राखेको भुक्तानी सम्बन्धि माग र त्यसको समाधानको विषयमा सम्बोधन गरिदिन भन्दै अरु नेताहरुको सम्बोधनलाई अवरोध गर्दै आवाज उठाएपछि मिल मालिक कनौडियाले मिलले किसानहरुको भुक्तानी दिंदैआएको तर पाँच हप्तादेखि मात्र भुक्तानी रोकिएको प्रष्ट पार्दै पाँच हप्तादेखि रोकिएको भुक्तनी गर्ने उनले बताए । अबको केही वर्षमै जिल्लाका अन्य चिनी मिलको तुलनामा यस मिललाई नम्बर १ मिल समेत बनाउने उनले बताए । पुस २१ गते सोमबारका दिन मिलले किसानहरुको बैंक खातामा उखुको बाँकी बक्यौता रहेको सम्पूर्ण रकम नराखे महालक्ष्मी सुगर मिल संचालन गर्न नदिने भन्दै चेतावनी स्वरुप गोडैता नपाका मेयर यादवको नेतृत्वमा मिलको उखु तौल्ने धर्मकाँटा रहेको कोठामा तालबन्दी गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here