रौतहट, २४ पौष । देशमै सबै भन्दा भौतिक संरचनामा धेरै पछाडी परेको रौतहट जिल्लामा अहिले केही ठाउँमा राजनीतिक गर्ने सकरात्कम सोचका व्यक्तिहरुको कारण सराहनीय कार्यको पनि सुरु भएको छ ।

जिल्लाको दुर्गा भगवती गाउँपालिकाको वडा नं ५ बडहर्वा स्थित धेरै पिछडिएको समुदायको भएको हुनाले सो ठाउँमा नेकपाका जिल्ला कमिटी सदस्य तथा गापा अध्यक्ष पदका उम्मेदवार बिरेन्द्र साहले आफनो पहलमा ३६ लाख ७५ हजारको सुविधा सम्पन्न समुदाय भवनको संयुक्त रुपमा नेकपाका नेता साह र दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष अरुण कुमार साहले शिलान्यास गर्नुभएको छ ।

Image may contain: 1 person, sitting and outdoor
यस जिल्लामा १६ नगर र २ गापा हुदा पनि निर्वाचित जनप्रतिनिधिहरुले करोडोको बजेटलाई राम्रो सदुपयोग गर्न नसक्ने ठाउँमा जनताको हकहितमा भलो सधै सोचने नेता साहले तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत ३६ लाख ७५ हजारमा जनसहभागिताको समेतको लागतमा ५२ फिट लम्बाई र २८ फिट चौडाईको भवन निर्माण हुनेछ । सामुदायिक भवन निर्माण कार्यको उपभोक्ता समितिमा नेकपाका जिल्ला कमिटि सदस्य नेता बिरेन्द्र साहलाई नै स्थानीयहरुले समेत खुशी राजीले चयन गरेका छन । उहाँ आफै अध्यक्ष भइपछि यस भौतिक निमार्ण कार्यप्रति बढी समय र माया दिइ गुणस्तरीय बनाउन जोडन दिनु हुन्छ भने जोगी सहनीले बताउनुभयो ।साथै यस्ता समाजिक कार्यमा उहाँको योगदान दर्जनौ रहेको छ । नेता साह पूर्वप्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालको समक्षी समेत रहनुभएका छन । सार्वजनिक जग्गामा निमार्ण हुन लागेपछि सो गाउँका दलित असहाय, गरिब परिवारको व्यक्तिहरुले धेरै हर्षित छन । भोलिको दिनमा कुनै समाजिक कार्य वा परिवारीक कार्यप्रयोजनको लागि सहज र आम जनसमुदायको हितमा सिधा फलदाय हुने एक स्थानीयबासी गोपाल सहनीले बताए ।

Image may contain: one or more people, people standing, outdoor and nature
शिलान्यास कार्यक्रममा निमित प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद साह, वडा नं ५ का अध्यक्ष धर्मनाथ चौधरी लगायत स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here