सत्येन्द प्रताप सिंह. नेपाल रेडक्रस सोसाइटी रौतहट जिल्ला शाखा गौरको आयोजनामा दोश्रो जिल्ला वार्षिक साधारण सभा भब्यताका साथ सम्पन्न गरेको छ ।

वार्षिक उत्सवको उपलक्षमा रेडक्रसका संस्थापक हेनरीडयुनाको तस्विरमा मालार्पन गरी जहाँ दुख त्यहाँ रेडक्रस मुल नाराका साथ कार्यक्रम सम्पन्न भएको छ। सो कार्यक्रमका ने रे सो का सभापति संजिव मल्लिकको अध्यक्षता तथा प्रदेश नं २ का ने रे सो का अध्यक्ष फुलमहम्मद मियाको प्रमुखअतिथ्यमा साधारणसभा सम्पन्न भएको हो ।

वार्षिक प्रगति प्रतिवेदन र आर्थिक प्रगति प्रतिवेदन २०७५/०७६ तथा प्रस्तावित कार्यक्रम र बजेट २०७६ /०७७ दोश्रो जिल्ला वार्षिक साधारण सभामा पेश गरिएको छ। २०८६श्रावन देखी २०७७ असार मसान्तसम्मको अनुमानित आय ब्यय कुल जम्मा ६६०९०००१/४६ रु सार्वजनिक भएको छ । कार्यालय संचालनका सामग्री समेतको अवस्था सो कार्यक्रममा प्रस्तुत गरिएको छ भन्ने सो कार्यक्रमका बिशिष्ट अतिथिमा नेपाली सेना इन्द्रबक्स गणका प्रमुख तथा सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट गौरका स.प्र.नि लगायत संचारकर्मी, नागरिक समाज, स्थानीयहरुको उपस्थितिमा कार्यक्रम संचालक धर्मेन्द्र सिंहले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here